बाराका सिडियो सवार गाडि दुर्घटना, शसस्त्र एसपि को मृत्यु सिडियो सहित ३ जना घाइते

बीरगंज, १२ माघ
कर्मचारी मिलन केन्द्रको पिकनिकमा गएर फर्किर्दै गर्दा बाराका प्रमुख जिल्ला अधिकारी (सिडिओ) गणेश भट्टराई चढेको गाडी दुर्घटनामा परेको छ ।
सहिद हिरालाल गौतमको स्मृति पार्कमा आयोजित पिकनिक सकेर फर्किदै गर्दा सिडिओ सवार गाडी दुर्घटनामा परेको हो । दुर्घटनामा सशस्त्र प्रहरी उपरीक्षक (एसपी) बलराम पोखरेलको मृत्यु भएको ।
गाडीमा सवार सिडिओ गम्भीर घाइते भएका छन् भने चालकसहित अन्य तीनजना घाइते भएका छन् । सिडिओ सवार गाडी पथलैया निजगढ सडकखण्डको पसाहा पुलनजिक रोकिराखेको ट्याक्टरको ट्रेलरमा ठोक्किएर दुर्घटना भएको हो । गाडी सडकबाट १० मिटर तल खसेको छ ।
गाडीमा सवार एसपी पोखरेललाई दुर्घटना लगत्तै सिमरास्थित अल्पाइन अस्पतालमा लगिएको थियो । अस्पताल पुर्याएपछि चिकित्सकले उनलाई मृत घोषणा गरेका हुन् । गम्भीर घाइते सिडिओ भट्टराईलाई थप उपचारका लागि वीरगन्ज हेल्थ केयरमा ल्याइएको छ भने थप उपचारको लागि नाइट भिजन हेलिकप्टरबाट काठमाण्डौ लाने तयारी भइरहेको छ ।
गाडी चालक जगत पट्टेल, सशस्त्र प्रहरी हवल्दार सञ्जयकुमार यादव, नेपाल प्रहरीका हवल्दार शम्भु गुरुङको स्थानीय अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

error: Content is protected !!