सुर्या अस्पताल र सामुदायीक प्रहरीको आयोजनामा रक्तदान

वीरगंज । सुर्य अस्पताल र सामुदायिक प्रहरी सेवा केन्द्र बीर्ताको संयुक्त आयोजनामा आज विर्ता मन्दीर प्रांगणमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रममा १० महिला सहित ६४ जनाले रक्तदान गरेका छ्न । बिशेष गरि महिलाहरुलाई प्रसबको बेला रक्तको अति आवश्यकता हुने हुन्दा जनचेतना जगाउन रक्तदान कार्यक्रम को आयोजना गरीएको सुर्य अस्पतालको सन्चालक डा सरोज सिंहले जानकारी गराउनु भयो ।

सुर्य अस्पतालले नियमित रुपमा रक्तदान र अन्य स्वास्थय जनचेतना कार्यक्रम को आयोजना गर्ने डा मोनिका यादब सिहले बताउनु भयो ।

कार्यक्रममा वडा नम्बर ४ का वडा अध्यक्ष जगत साह कानु , सुदिप लामा , वडा प्रहरी बीर्ताका प्रहरी निरिक्षक निशान्त थापा लगाएतको उपस्थीती रहेको थियो ।

error: Content is protected !!