पत्रकारलाई दुव्यवहार गर्ने प्रहरीले क्षमा मागे

बीरगन्ज, माघ ११ गते । पर्साको पदम रोड तिलावे पुलमा विहिवार व्यवसायीहरुले गरेको प्रदर्शनको दृश्य संकलन गर्ने क्रममा पत्रकारहरुलाई र्दुव्यवहार गरेका प्रहरीले आज माफी मागेका छन् ।

पर्साका प्रहरी उपरिक्षक रेवती ढकाल तथा घटना स्थलमा पत्रकारलाई दृश्य संकलन गर्न अवरोध गर्दै दुव्यवहार गर्ने हवलदार हरेराम महतोले पत्रकारहरु समक्ष माफी मांगेका हुन् ।

शुक्रवार पत्रकार महासंघको अगुवाईमा कार्यकक्षमा पुगेका पत्रकारहरुको टोली समझ एसपी ढकाल र हवलदार महतोले क्षमा याचना गर्दै उपरान्त यस्ता घटना नदोहरिने बताएका थिए ।

पर्सा प्रहरीले बुधवार राति तिलावे पुलबाट केराउ बोकेको ट्रक नियंत्रणमा लिएर नक्कली मुचुल्का खडा गरेर सो ट्रक सिमाक्षेत्रबाट बरामद भएको देखाएपछि व्यवसायीहरु प्रदर्शनमा उत्रिएका थिए ।

सो प्रदर्शनको दृष्य संकलन गर्ने क्रममा पत्रकार माथी प्रहरी आइलागेको थियो । प्रहरी हस्तक्षेपको दृश्य कैद गरिरहेको जनता टिभीका पर्सा संवादाता श्याम कुशवाहा, टिभी टुडेका प्रतिनिधि उमेश दुबे, प्राइम टिभीका संवादाता आरोहन साह, स्थानीय एनपी डेलीका दीपक चौरसियामाथि प्रहरीले दुव्यवहार गरेको थियो ।

error: Content is protected !!