पुल निर्माण भएको एक दशक पछि बाटो आयो संचालनमा

जनप्रतिनिधिको सहयोगमा घर भत्काउदै बोटो खुलाए प्रमुख प्रशासकिय अधिकृत भूसाल

वीरगन्ज ,माघ १० । वीरगन्ज महानगरपालिकाले बल प्रयोग गरी मरिनयारी–पर्सौनी सिरिसिया पुलको बाटो संचालन गराएको छ ।

वीरगन्ज महानगरपालिका वडा नम्बर २३ पर्साैनिको इटियाही टोलमा स्थित सिरिसिया नदी पुल निर्माण शिलान्यासको एश दशक पछि  बिहिबार देखि उक्त बाटो संचालनमा आएको हो ।

एैलानि जग्गा अतिक्रमण गरि बनाइएका आधा दर्जन पक्कि,खपडा तथा फुसका घर गोठहरु  बल प्रयोग गर्दै महानगरपालिकाले  भत्काइए पछि बाटो संचालनमा आएको हो ।

वडा नम्बर २३का वडाअध्यक्ष अवधकिशोर कुशवाहा लगायत स्थानिय जनप्रतिनिधि तथा  समाजसेवीहरुको सक्रिय सहयोगमा  वीरगन्ज महानगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत डा भिष्म कुमार भूसालको नेतृत्वमा इटियाही पुगेको  टोली विहिबार दिउसो घर टहरा भत्काउदै  बाटो संचालनमा ल्याएको हो ।

इटियाहीका सिवपुजन सहनी,विनोद पासवान,रुदल सहनी रामलाल पासवान,खोभारी पासवान लगायत आधादर्जन व्यक्तिहरुका घरटहराहरु महानगरापलिकाले डोजर चलाएर भत्काएको छ ।

महानगरपलिकाका सरसफाई महाशाखाका प्रमुख राजकृष्ण ताम्राकारको नेतृत्वमा पुगेको कर्मचारी तथा नगर प्रहरीको टोलीले जनप्रतिनिधि तथा नेपाल प्रहरीको सहयोगमा बल प्रयोग गर्दै घरमा रहेका सबै समानहरु वाहिर निकाली डोजर चलाएको थियो । 

पर्सा क्षेत्र नम्बर एकका तत्कालीन सांसद अजय द्धिवेदीको सक्रियतामा २०६४सालमा सिरिसिया खोला पुलको शिलान्यास गरि निर्माण सुरुभएको थियो ।

लगभग ४कारोडको लागतमा शिलान्यासको दुइ बर्षमा निर्माण भएको पुल इटियाही टोलवासीको अतिक्रमणले  पुल जोडने बाटो खुलाउन नसकिएको कारण ८ बर्षदेखि  संचालनमा आउन सकेको थिएन ।

पुर्व सभासदद्धय अजय द्धिवेदी र बिचारी यादवले पटक पटक प्रयास गर्दा पनि दलगत र चुनावी फोटेराजनैतिकरणले गर्दा अक्रिमण हटाउन नसकिएको वडा अध्यक्ष कुशवाहाले बताउनु भयो ।

वाटो संचालनमा आएपछि मनियारी,अपौनी लगायत महानगरपलिकाका विभिन्न वासीहरुको वीरगन्जदेखिको आवागमन छोटो र सहज बनेको छ ।

error: Content is protected !!