प्रहरीको नक्कली मुचुल्का विरुद्ध व्यवसायीहरुको प्रदर्शन, आधा दर्जन पक्राउ,पत्रकार कुटिए

वीरगन्ज , १० माघ । पर्सा प्रहरीले गएराति बीरगन्ज पोखरिया सडक खण्डको तिलावे पुल बाट नियंत्रणमा लिइएको केराउ लोड भएको ट्रकको नक्कली मुचुल्का गरेको विरुद्धमा व्यवसायीले प्रदर्शन गरेका छन् ।

पर्साको मुख्य मार्गको रुपमा रहेको पदम रोड अवरुद्धगरि व्यवसायीले प्रदर्शन गर्दा आजदिन भरि सो सडक खण्ड तनाव ग्रस्त बनयो । प्रदर्शनमा उत्रिएका व्यवसायीहरु लाई लछारपछारगरि प्रहरीले लाठी प्रहार गरेको थियो । प्रदर्शन गर्ने आधा दर्जन व्यवसायीहरुलाई प्रहरीले नियंत्रणमा लिइएको छ ।

पक्राउ पर्नेमा विन्दवासिनी गाउपालिका वडा नंबर ४ का उतम तिवारी भनिने निरंन्जन तिवारी , चिन्टु भनिने शंकर पुकार तिवारी ,सोनालाल साह , रवी गुप्ता , दामोदर तिवारी ,संतोष गुप्ता र नवलकिशोर साह रहेका छन् ।

बुधवारराति ना ४ ख १२२ नम्बरको ट्रकमा २५ टन (पाच सय बोरा) केराउ लोड गरि बहुअर्वा गोदाममा गइरहेको अवस्थामा प्रहरीले तिलावे पुलबाट ट्रक नियंत्रमा लिएको थियो । आज विहान प्रहरीले सो ट्रक सिमानजिकैबाट नियंत्रणमा लिइएको नक्कली मुचुल्का गराएको हो ।

प्रहरीले आफनो मुच्चुलकामा सो ट्रक पहका मैनपुर गाउपालिका वडा नम्बर ३ बाट बरामद भएको जनाएपनि सो वडा अध्यक्ष मदन साहकानु आफनो वडा बाट कुनै ट्रक बरामद नभएको जनाएका छन् ।

विन्दवासनी गाउपालिका ४ मा रहेको संदीप सप्लार्यसका सन्चालक आदर्श कुमार साहले भने पर्सा प्रहरीले विलविजक भएको केराउ नियन्त्रणमा लिएर दुख दिने काम गरेको बताए ।

पाच सय बोरा केराउ ना ४ ख १२२ को ट्रकमालोड गरेर विन्दवासनी गाउपालिकामा लगि रहेको अवस्थामा प्रहरीले तस्करीको भन्दै नियन्त्रणमा लिएको संदीप सप्लार्यसका सन्चालक साहको भनाइ छ ।

यसैबीच सो प्रदर्शनको समाचार संकलन गर्न पुगेका पत्रकारलाई प्रहरीले कुटपीट गरेको छ । प्रदर्शनकारीलाई प्रहरीले कुटपिट गरेको दृष्य संकलन गर्ने क्रममा पत्रकार माथी प्रहरी आइलागेको थियो ।

प्रहरी हस्तक्षेपको दृश्य कैद गरिरहेको जनता टिभीका पर्सा संवादाता श्याम कुशवाहा, टिभी टुडेका प्रतिनिधि उमेश दुबे, प्राइम टिभीका संवादाता आरोहन साह, स्थानीय एनपी डेलीका दीपक चौरसियामाथि प्रहरीले लाठी प्रहार गरेको थियो

घट्नापछि नेपाल पत्रकार महासंघ पर्साको अगुवाईमा जिल्ला प्रहरी कार्यालय पर्सामा पुगेका पत्रकारहरुले शुक्रवार बिहानसम्म कारवाही नगरे कडा आन्दोलन गर्ने चेतावनी दिएको महासंघ पर्साका उपाध्यक्ष अनुप तिवारीले बताए ।

प्रहरी नायब उपरीक्षक मानबहादु राई नेतृत्वमा रहेको टोलीभित्रका प्रहरी हवलदार हरेराम महतो लगातले पत्रकारउपर लाठी चलाएका थिए ।

error: Content is protected !!