सेस्मी ईन्टरनेशनल स्कुलद्वारा स्पोर्टस मिट २०७५ को आयोजना

वीरगंज माघ ८ , सेस्मी ईन्टरनेशनल सेकेन्ड्री स्कूल वीरगंजको वार्षिक खेलकुद सप्ताह “स्पोर्टस मिट २०७५” आजबाट शुरु भएको छ ।

उक्त कार्यक्रममा वर्षभरी आयोजना गरिने खेलकुदका विविध पक्षहरुका बारेमा प्रकाश पारिएको थियो । समारोहमा क्लासका मनिटर र समुह क्याप्टेनहरुलाई ब्याच वितरण गरियो भने विभिन्न खेलकुद प्रतियोगिताको साथै साँस्कृतिक कार्यक्रमको आयोजना समेत गरिएको थियो ।

कार्यक्रमका प्रमुख अतिथी नेपाल पत्रकार महासंघ पर्साका अध्यक्ष श्याम बन्जाराले खेलकुदको माध्यमले विद्यार्थीहरुलाई मर्या्दित, अनुशासित र चरित्र निर्माणमा टेवा पुग्ने हुनाले नियमित रुपमा खेलकुदलाई पाठ्यक्रम भित्रै समावेश गरेर अघि बढ्नु पर्ने धारणा राख्नु भएको थियो ।

कार्यक्रमका विशिष्ठ अतिथी प्याब्सनका केन्द्रिय सचिव नन्दन यादवले खेल जगतलाई राज्यले उपेक्षा गरेपनि विद्यालयहरुले विद्यार्थीहरुको शारिरीक विकासका निम्ती कुनै कसर बाँकी नराखी अघि बढिरहेको धारणा राख्नु भएको थियो ।

उक्त अवसरमा कार्यक्रमका विशिष्ठ अतिथी संघीय प्रेस फोरम प्रदेश नम्बर २ का उपाध्यक्ष विजय कुशवाहाले खेल जगतलाई अघि बढाउनाले व्यक्तित्व विकास र नेतृत्व क्षमतामा समेत टेवा पुग्ने धारणा राख्नु हुँदै सेस्मी स्कूलको विविध पक्षमाथि प्रकाश पार्नुभएको थियो ।

कार्यक्रममा रेल्वे माविका दिनानाथ रौनियारले पनि मन्तव्य राख्नु भएको थियो । स्कूलका निर्देशक मनोज यादवको सभापतित्वमा भएको कार्यक्रममा प्रिन्सिपल आस्मा सिंह यादवले धन्यवाद ज्ञापन गर्नुभएको थियो ।

error: Content is protected !!