अश्वमेध महायज्ञको भूमिपुजन सम्पन्न

वीरगन्ज,माघ ७ । नेपालमै पहिलो पटक हुन गईरहेको अश्वमेध गायत्री महायज्ञको भूमिपुजन कार्यक्रम सम्पन्न भएको छ ।

धार्मिक उद्देश्य मात्र नभइ समग्र नेपालको कल्याणका लागि वैज्ञानिक र अध्यात्मिक रुपले राम्रो हुने यो महायज्ञ फाल्गुन १९गते देखि २२गतेसम्म हुने छ ।यो महायज्ञको भूमिपुजन वीरगन्जको आर्दशनगर रगंशालामा सोमबार बिहानसम्पन्न भएको छ ।

वीरगञ्जको आदर्शनगर रंगशालमा २ सय ५१ वटा कुण्ड निर्माण गरिने यो महायज्ञको भूमिपुजन कायक्रको पर्साका प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्टराइ लगायत पर्साका सुरक्षा प्रमुखहरुले दिप प्रज्वलित गरेर पुजाको उदघाटन गर्नुभएको थियो ।

श्याम विहारी दुवेको नेतृत्वमा गायत्रीमहापिठ हरिद्धारबाट आएको पुरुष तथा महिला बिद्धान पुरोहित तथा साधकहरुको टोलीले बैदिक गायत्री मन्त्र तथा बिधिद्धारा भूमिपुजन गराएको थियो ।

वीरगन्ज महानगरपालिकाकि उपनगर प्रमुख शुश्रीशान्ति कार्कि,उधोगपती बाबुलाल चचान,हिरालाल केडिया,मुर्लीधर रुगंटा,राजूबैद्य,अंकित अग्रवाल,राजु अधिकारी केशव मराठा र छोटेलाल साह लगायतका व्यक्तिहरुले यो महायज्ञको भूमिपुजन गर्नुभएको छ ।

भूमिपुजन कार्यक्रममा अखिल विश्व गायत्री परिवार वेदमाता गायत्री शक्तिपीठका संयोजक एव वीरगन्ज महानगरपालिकाका नगर प्रमुख विजयकुमार सरावगीले महायज्ञको ध्वजा स्थापना गनुभएको छ ।

वीरगन्ज महानगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत डा भिष्मकुमार भूसाल,उपसचिव शिव लम्साल,विभिन्न वडा अध्यक्ष,स्थानिय बुद्धिजिवि तथा संचारकर्मिहरुको उपस्थितीमा सम्पन्न भएको भूमिपुजन कार्यक्रममा गायत्री परिवारका सदस्यहरुको व्यापक उपस्थिती रहेको थियो ।

राष्ट्रलाई सक्षम, सामर्थ्यवान एवं समृद्ध बनाउने उदेश्यले नेपालमै पहिलो पटक हुन गइरहेको अश्वमेध महायज्ञको धार्मिक ,अध्यत्मीक तथा बैज्ञानिक महत्वको बारेमा समेत गायत्री परिवारका सदस्यहरुले प्रबचनद्धारा जानकारी गराएका थिए ।

सन् २०२६ सम्म १ सय ८ वटा अश्वमेध महायज्ञ गर्ने उद्देश्यले गायत्री परिवारले विभिन्न स्थानमा अश्वमेध महायज्ञ गर्दै आइरहेको छ । जसमध्ये ४६ औं महायज्ञको रुपमा नेपालमा पहिलो पटक यो महायज्ञ हुन गइरहेको छ ।

यज्ञले प्रकृतिको चक्रलाई नियमित गर्ने, शारीरिक, मानसिक रोगव्याधिको उपचार गर्ने दावी समेत आयोजकहरुको रहेको छ । २४ थरी जडिबुटी र ध्यूवाट मिश्रति हवनमा उत्पन्न हुने वायुले गर्दा ४० किलोमिटरसम्म वातावरण प्रदुषण मुक्त हुने वैज्ञानिक मान्यता समेत रहेको छ ।

महायज्ञको उद्घाटनमा प्रधानमन्त्री, संघीय सरकार मन्त्रीहरु, राजनीतिक दलका शीर्ष नेताहरुलाई पनि आमन्त्रण गरिएने आयोजक हरुले जनाएका छन् ।

error: Content is protected !!