वीरगंजमा प्रदेश दुइकै पहिलो डाइटिशियन क्लिनिक संचालनमा

वीरगंज,०५ माघ । वीरगंजमा प्रदेश नम्बर दुईकै पहिलो डाइट क्लिनिक संचालनमा आएको छ । विर्ता स्थित शान्ति पोलिक्लिनिकले डाइट क्लिनिक संचालनमा ल्याएको हो ।

वीरगंजमा डाइट क्लिनिकको अभावमा संतुलित र पौष्टिक आहारका बारेमा जानकारी पाउन कठिन भएकाले आफुहरुले यस्तो क्लिनिक संचालनमा ल्याएको शान्ति पोलिक्लिनिकका संचालक प्रमोद सर्राफले बताउनु भयो ।

क्लिनिकमा नारायणी उपक्षेत्रीय अस्पताल वीरगंजकी डाइटिशियन निशा सिंहले डाइट सम्बन्धी आवश्यक सल्लाह तथा परामर्श दिनुहुने छ । विरगंजमा नारायणी उपक्षेत्रीय अस्पतालमा यो सेवा रहे पनि निजि क्षेत्रमा भने पहिलो पटक संचालनमा ल्याइएको हो ।

शुक्रबारदेखि संचालनमा आएको क्लिनिकको वीरगंजका वरिष्ठ फिजिशियन डा. गोपाल प्रसाद गजुरेलले औपचारिक कार्यक्रमका बिच उदघाटन गर्नु भएको हो । स्वास्थ्य जीवनशैलीका लागि डाइट बारे जानकारी हुनु अनिवार्य रहेकाले यस सम्बन्धि जानकारि लिन आउनेहरुको संख्या समेत उल्लेख्य रहेको डाइटिसियन सिंहले बताउनु भयो ।

विशेषगरी मिर्गौलाको डाइलासिस गरिरहेका बिरामी, मुटु तथा मधुमेहका बिरामी, कुपोषणमा परेका बालबालिका तथा गर्भवती महिलाका लागि डाइट अर्थात सन्तुलित भोजनका बारेमा जानकारी हुनु अती आवश्यक रहेको उहाँले बताउनु भयो ।

व्यायामले मात्रै शरिर फिट राख्ने नभइ त्यसका लागि संतुलित आहार महत्वपुर्ण रहेको डाइटिशियन सिंहले बताउनु भयो । सिंहले विश्वविद्यालयबाट डाइटिसियन सम्बन्धी ३ वर्षे ग्राजुएसन कोर्स गर्नुभएको छ ।

अहिले नारायणी उपक्षेत्रीय अस्पतालमा कार्रत सिंहले त्यस अघि दिल्लीमा रहेको म्याक्स सुपर स्पेसालिटी हस्पिटलमा केही समय सेवा समेत गर्नुभएको थियो ।

error: Content is protected !!