विशाल गोल्डकप फुटबलको उपाधी दोश्रो पटक आर्मीले चुम्यो

वीरगञ्ज, ५ माघ । वीरगन्जमा आयोजित दोश्रो टुबोर्ग विशाल मेमोरियल गोल्डकप फुटबलको उपाधी , गत वर्षको विजेता त्रिभुवन आर्मी क्लबले नै रक्षा गरेको छ ।

आज नारायणी रंगशालामा भएको फाइनल खेलमा हिमालयन शेर्पा क्लबलाइ सडन डेथमा २–१ ले पराजित गर्दै गत वर्षको विजेता आर्मी क्लब, यसपाली पनि उपाधी रक्षा गर्न सफल भएको हो ।

फाइनल खेलमा दुवै टोलीले एक एक गोल गरेपछि खेल ट्राइबेकरमा धकेलिएको थियो . तर ट्राइबेकरमा पनि दुवै टिमबाट चार चार गोलको बराबरी भएपछि खेलको अन्तिम निर्णय सडन डेथबाट गरिएको हो ।

उपाधी विजेता आर्मी क्लबले नगद पाच लाख ५५ हजार पाच सय ५५ रुपैया र ट्रफी हात पारेको छ । उपविजेता हिमालयन शेर्पाले भने नगद दुइ लाख ७७ हजार सात सय ७७ रुपैयामै चित्त बुझाएको हो ।

प्रतियोगितामा चार गोल गर्न सफल हिमालयन शेर्पाका विश्वास श्रेष्ठ सर्वोत्कृष्ट खेलाडी घोषित घोषित भए । उनलाइ सुजकी कम्पनीको एक सय ५५ सिसिको जिक्सर मोटरसाइकल प्रदान गरिएको छ ।

वीरगन्जका पूर्व राष्ट्रिय फुटबल खेलाडी स्वर्गीय विशालजंग राणको स्मृतिमा विशाल मेमोरियल फाउण्डेशनले पुष २८ गते देखि आयोजना गरेको प्रतियोगितामा नेपाल र भारतका गरि कुल आठ टिमको सहभागीता थियो .।

error: Content is protected !!