अन्तर विद्यालय स्तरीय कबड्डी प्रतियोगिता :डिएभी मावि विजयी

वीरगंज ५ माघ । वीरगन्जमा जारी तेस्रो अन्तर विद्यालय स्तरीय कबड्डी प्रतियोगितामा शनिबार भएको छात्र तर्फको पहिलो खेलमा डिएभी मावि विजयी भएको छ ।

डिएभीले एन्जल इन्टरनेशनल स्कुललाइ पराजित गरेको हो । निर्धारीत ४० मिनेटको खेलमा डिएभीले ५९ अंक र एन्जल इन्टरनेशनलले ४२ अंक प्राप्त गरेको हो ।

डिएभीले एन्जल इन्टरनेशनल स्कुललाइ १७ अंकले हराएको हो । पहिलो खेलको म्यान अफ दी म्याच डिएभीका दिपु चौरसीया घोषित भएका छन् ।

यसैगरि शनिबार भएको छात्र तर्फको दोश्रो खेलमा वीरगन्ज पब्लिक स्कुल विजयी भएको छ । वीरगन्ज पब्लिक स्कुलले विद्यासदन माविलाइ पराजित गरेको हो ।

निर्धारित ४० मिनेटको खेलमा वीरगन्ज पब्लिक स्कुलले ७९ र विद्यासदन माविले २८ अंक प्राप्त गरेको हो । वीरगन्ज पब्लिक स्कुलले विद्यासदन माविलाइ ५१ अंकले हराएको हो ।

उक्त खेलको म्यान अफ दी म्याच वीरगन्ज पब्लिक स्कुलका आयुष महत्तो घोषित भएका छन् । शनिबार नै भएको छात्रा तर्फको पहिलो खेलमा कादम्बरी एकेडेमी पराजित भएको छ । विरगन्ज पब्लिक स्कुलको बी टिमले कादम्बरी एकेडेमीलाइ पराजित गरेको हो ।

कादम्बरीले २८ अंक र वीरगन्ज पब्लिक स्कुलको बी टिमले २९ अंक प्राप्त गरेको हो । वीरगन्ज पब्लिक स्कुलको बी टिमले कादम्बरी एकेडेमीलाई झिनो १ अंकले हराएको हो ।

उक्त खेलको म्यान अफ दी म्याच वीरगन्ज पब्लिक स्कुलकी सिन्जु कुमारी यादव घोषित भएको प्रतियोगिताका संयोजक अमित अग्रवालले जानकारी दिनु भयो ।

शनिबार भएको छात्र तर्फको अर्को खेलमा गौतम मावि विजयी भएको छ । गौतम माविले मुनलाइट माविलाइ पराजित गरेको हो ।

निर्धारित समयको खेलमा गौतम माविले ७९ र मुनलाइट माविले ११ अंक प्राप्त गरेको हो । उक्त खेलको म्यान अफ दी म्याच गौतम माविका पियुष यादव घोषित भएका छन् ।

म्याक्स इन्टरटेण्मेण्ट एण्ड एडभरटाईजिङ्गको आयोजनामा माघ ८ गते सम्म चल्ने प्रतियोगितामा छात्र र छात्रा गरि वीरगन्जका विभिन्न नीजी विद्यालयका २० वटा टिमले भाग लिएका छन् ।

error: Content is protected !!