जगदम्बा ग्रुपद्धारा ८लाखको स्मार्ट ट्राफिक आइल्यान्ड हस्तातरण

वीरगन्ज । वीरगन्जको ट्राफिक व्यवस्थापनको लागी जगदम्बा ग्रुपले स्मार्ट ट्राफिक आइल्यान्ड सहयोग स्वरुप प्रदान गरेको छ ।

जगदम्बा ग्रुपले प्रदान गरेको उक्त स्मार्ट ट्राफिक आइल्यान्डको वीरगन्ज महानगरपालिकाका नगर प्रमुख विजय कुमार सरावगीले शनिबार दिउसो उदघाटन गर्नुभएको छ ।

जिल्ला ट्राफिक कार्यलय पर्साले आयोजना गरेको आइल्यान्ड हस्तांतरण कार्यक्रममा बोल्दै नगर प्रमुख विजय कुमार सरावगीले ट्रफिक व्यवस्थापनमा निजिक्षेत्रद्धारा जगदम्बा ग्रुपद्धारा गरिएको सहयोग सराहणीय कदम भएको बताउदै उहाले वीरगन्जलाई स्मार्ट सिटि बनाउने अभियानमा आफु निरन्तर अगाडि बढी रहेको बताउनु भयो ।

उहाले निजिक्षेत्रको सहयोगमै वीरगन्जको टाफिक व्यवस्थापन गर्दै स्मार्ट सिटिको अवधारणालाई पुरा गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।विभिन्न चौकहरुमा चाहिने सबै आइल्यान्डहरु निजिक्षेत्रकै सहयोगमा छिटै स्थापना गरिन नगर प्रमुख सरावगीको भनाइ समेत रहेको थियो ।

वीरगन्जको घन्टाघरमा सम्पन्न भएको आइल्यान्ड हस्तांतरण कार्यक्रममा जगदम्बा ग्रुपका एक्जक्यटिभ डाइरेक्टर राजेश अग्रवाल, जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरिक्षक रेवती ढकाल ,बडा अध्यक्षद्धय मनोज कुमार गुप्ता,राज किशोर प्रसाद  ,पत्रकार महासंघ पर्साका सभापति श्याम बन्जारा लगायतका व्यक्तिहरुको उपस्थिती रहेको थियो ।

वीरगन्जको घन्टाघर चौकको ट्राफिक व्यवस्थापनको लागी जगदम्बा ग्रुपले प्रदान गरेको ८ लाख मुल्य पर्ने स्मार्ट ट्राफिक आइल्यान्डमा सोलारले अध्यारोमा आफै बत्ती बल्ने प्रबिधिक सुबिधा समेतर रहेको छ ।

वीरगन्ज माईस्थान चौकको ट्राफिक व्यवस्थपनको लागी यस्तै अत्याधुनिक अर्को आइल्यान्ड जगदम्बा ग्रुपद्धारा छिटै हस्तांतर गरिने कार्यक्रममा जानकारी समेत गराइएको थियो ।

error: Content is protected !!