खेतको बाटो भएर तस्करी : सशस्त्र प्रहरीद्वारा लाखौ मुल्यका कपडा नियन्त्रणमा

वीरगंज । सशस्त्र प्रहरी बल नेपाल राजश्व तथा भन्सार सुरक्षा गुल्म विरगंज भन्सारले अवैध रुपमा भन्सार छली नेपाल प्रवेश गराउन लागीएको लाखौ मुल्यका लत्ता कपडा बरामद गरेको छ ।

सशस्त्र प्रहरी निरीक्षक पदम खडका ।

वीरगंज महानगरपालीका वडा नम्बर १६ स्थीत ईनर्वा एरीयाबाट खेतको बाटो भएर टाउकोमा बोकी तस्करी गर्न लागीएको लत्ता कपडा सशस्त्र प्रहरीले बरामद गरेको हो ।

सशस्त्र प्रहरी बल नेपाल राजश्व तथा भन्सार सुरक्षा गुल्म विरगंज भन्सारबाट सशस्त्र प्रहरी निरीक्षक पदम बहादुर खडकाको नेतृत्वमा रहेको गस्ती टोलीले १ लाख १३ हजार मुल्य बराबरको विभिन्न ब्राण्डका लत्ता कपडाहरु नियन्त्रणमा लिइएको सशस्त्र प्रहरीले जनाएको छ ।

भन्सार पछाडी रहेको इनर्वा गाउको खेत बाटो भएर तस्करी भइरहेको सुचनाको आधारमा चेकजाचका लागी पुगेको सशस्त्रको टोलीलाई देखेर तस्करहरु बाटोमै कपडाको पोका छोडेर फरार भएको सशस्त्र प्रहरीले जनाएको छ ।

सशस्त्र प्रहरीले मुख्य भन्सार गेट अगाडी चेकजाचमा कडाई गरेपछि तस्करहरु खुला सिमानाको फाईदा उठाउदै चोर बाटो भएर तस्करी गर्ने गरेका छन । बरामद लत्ता कपडाहरु वीरगंज भन्सार कार्यालयमा बुझाइने सशस्त्र प्रहरी निरीक्षक पदम खडकाले बताउनु भयो ।

error: Content is protected !!