विशाल समृती गोल्ड कप :त्रिभुवन आर्मी फाइनलमा प्रवेश

वीरगञ्ज । त्रिभूवन आर्मी क्लब वीरगञ्जमा जारी दोस्रो विशाल समृति फुटबल प्रतियोगितामा फाइनलमा प्रवेश गरेको छ । वीरगञ्जको नारायणी रंगशालामा भएको खेलमा आर्मीले झापा–११ लाई ६ को विरुद्ध १ गोलले पराजित गरेको हो ।

टेकबहादर बुढाथोकीले खेलको दोश्रो मिनेटमा गोल गर्दै आर्मीलाई सुरुवाती अग्रता दिएका थिए । आर्मी कै सन्तोष तामाङ्गले पहिलो हाफ कै १४ औं र २४ औं मिनेटमा गोल गर्दै आफ्नो टिमलाई ३–० को अग्रता दिलाएका थिए ।

त्यस्तै खेलको ७० मिनेटमा आर्मीका विवेक बस्नेतले प्रहार गरेको बल झापा–११ का दिलेन लोक्तान बचाउ गर्न खोज्दा आत्मघाती गोल हुन पुगेको थियो । टेकबहादुर बस्नेत ७४ औं र विवेक बस्नेत ८८ औं मिनेटमा गोल गर्दै आर्मीको जित सुनिश्चित गरेका थिए । झापा–११ का लागि सान्त्वना गोल भने आशिष चापागाईले गरेका थिए ।

खेलको म्यान अफ दी म्याच आर्मीका सन्तोष तामाङ्ग घोषित भएका छन् भने उनले नगद पाँच हजार सहित ट्राफि समेत पाएका छन् । प्रतियोगिताको खेलमा पर्सी शनिबार आर्मी र हिमालयन शेर्पा बीच हुने छ ।

प्रतियोगितामा विजेता टिमले कपसहित नगद ५ लाख ५५ हजार पाँच सय ५५ र उपविजेताले दुई लाख ७७ हजार सात सय ७७ रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् । सर्वोत्कृष्ट खेलाडीलाई सुजुकीको जिक्सर मोटरसाइकल प्रदान गरिने छ ।

वीरगञ्जका पूर्वराष्ट्रिय फुटबल खेलाडी स्वर्गीय विशालजंग राणाको स्मृतिमा गत वर्षदेखि गोल्डकपको शुरुवात गरिएको थियो ।

error: Content is protected !!