विशाल समृति फुटबल प्रतियोगिताको अन्तिम खेलमा झापा ११, ४–२ ले विजयी

वीरगञ्ज।  वीरगञ्जमा जारी विशाल समृति फुटबल प्रतियोगिताको अन्तिम खेलमा झापा ११, ४–२ ले विजयी भएको छ । वीरगञ्जको नारायणी रंगशालामा भएको खेलमा झापा ११ ले भारत सिलीगुरीको रोयल एफसी क्लबलाई ४–२ ले पराजित गरेको हो ।

पहिलो हाफको ७ औं मिनेटमा झापाका लागि जर्सी नम्बर १७ का राजकुमार कन्डनवाले सुरुवाती अग्रता दिलाएका थिए । त्यसको १३ औं मिनेट पछि झापाका लागि पेनाल्टीको सदुपयोग गर्दै जर्सी नम्बर ७ का आशिष चापागाईले गोल गरेका थिए ।

निकै दवाब रहेको रोयल एफसिले पाएको अवसर सदुपयोग गर्दै खेलमा फर्किने प्रयास गरेपछि दोश्रो हाफको ९ औं मिनेटमा जर्सी नम्बर ९ का सिद्धान्त क्षेत्रीले गोल गर्दै टिमलाई उकास्न खोजेका थिए ।

त्यसको २५ औं मिनेटमा झापा ११ का लागि जर्सी नम्बर १० शक्ति राईले तेश्रो गोल गरेका थिए । दोश्रो हाफ कै ३६ औं मिनेटमा रोयल एफसीका जर्सी नम्बर ८ का करण राईले गोल गरेका थिए ।

खेलको अन्त्य तिर झापा ११ का विकेश लिम्बुले गोल गर्दै झापा ११ विजयी बनाएका थिए । खेलको म्यान अफ द म्याच झापा ११ का आशिष चापागाई घोषित हुँदै उनले पाँच हजार १ रुपैयाँ नगद सहित शिल्ड प्राप्त गरेका छन् । 

नेपाल र भारत गरी कुल ८ टिमको सहभागिता रहेको प्रतियोगितामा भोलीको पहिलो सेमिफाईनल आयोजक वीरगञ्ज ११ र काठमाडौंको हिमालयन शेर्पा बीच हुने आयोजकले जनाएको छ । 

प्रतियोगितामा विजेता टिमले कपसहित नगद ५ लाख ५५ हजार पाँच सय ५५ र उपविजेताले दुई लाख ७७ हजार सात सय ७७ रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् । सर्वोत्कृष्ट खेलाडीलाई सुजुकीको जिक्सर मोटरसाइकल प्रदान गरिने छ ।

error: Content is protected !!