सशस्त्र प्रहरीद्वारा लाखौ मुल्यका लत्ता कपडा बरामद

वीरगंज । सशस्त्र प्रहरी बल नेपाल राजश्व तथा भन्सार सुरक्षा गुल्म विरगंज भन्सारले भन्सार छलेर ल्याइएको १ लाख ३२ हजार मुल्य बराबरको लत्ताकपडा बरामद गरेको छ ।

वीरगंज महानगरपालीका वडा नम्बर १६ रजत जयन्ती चौक स्थीत बाट बेवारीसे अवस्थामा रहेको विभिन्न किसीमका लत्ता कपडाहरु १ लाख ३२ हजार ४ सय मुल्य बराबरको रहेको सशस्त्र प्रहरी नायव उपरिक्षक तिलक खडकाले बताउनु भयो ।

रक्सौलबाट खरिद गरी ल्याइएको लत्ता कपडा भन्सार नतिरी अवैध तरिकाले वीरगंज भन्सार हुदै वीरगंज प्रवेश गर्ने क्रममा गस्तीमा रहेको सशस्त्र प्रहरीको टोलीलाई देखेर कपडा सडक किनारमा फालीएको सशस्त्र प्रहरी उपरीक्षक खडकाले बताउनु भयो ।

भन्सार छलिएको उक्त लत्ता कपडा वीरगंज भन्सार कार्यालय बुझाईने सशस्त्र प्रहरी निरीक्षक पदम खडकाले बताउनु भयो ।

यसमा तपाईंको प्रतिक्रिया:

अाफ्नाे प्रतिक्रिया लेख्न यहाँ क्लीक गर्नुहाेस्

error: Content is protected !!