लायन्सका संस्थापक मेल्भिन जोन्सको जन्मदिवसको अवसरमा साता ब्यापी कार्यक्रमको आयोजना

वीरगंज । अन्तराष्ट्रिय सामाजिक संस्था लायन्स क्लब ईन्टरनेशनलका संस्थापक मेल्भिन जोन्सको १४० औं जन्म दिवसको अवसरमा अल लायन्स क्लब अफ वीरगंज, जीतपुर तथा सिमरा अन्तर्गत रहेका क्लबहरुको आयोजनामा साताब्यापी सामाजिक कार्यक्रमहरु सम्पन्न भएको छ ।

लायन्स क्लब अफ वीरगंज ग्रिन क्याम्पस, लायन्स क्लब अफ वीरगंज आदर्शनगर, मिलेनियम, सेन्ट्रल सिटि, जीतपुर सिमरा लगायतका क्लबहरुले एम.बी. केडिया डेन्टल कलेजमा निःशुल्क दन्त परिक्षण, आमाको माया छात्रावासमा खाद्यान्न वितरण, वीरगंज बाल कल्याणमा खानेपानीको टयांकी तथा कम्बल वितरण, निःशुल्क ब्युटिशियन तालिम, निःशुल्क आ“खा परिक्षण, जनजाती स्कुलमा ब्याग तथा स्टेशनरी वितरणका साथै आज सातौं दिन वीरगंको होटल अन्नपुर्णमा लायन्स क्लब ईन्टरनेशनलका संस्थापक मेल्भिन जोन्सको १४० औं जन्मदिन मनाई साताब्यापी कार्यक्रमको समापन गरिएको छ ।

समापन कार्यक्रममा कार्यक्रमका प्रमुख अतिथि लायन्स क्लबका पाष्ट डिष्ट्रिक्ट गभर्नर लायन आर.पी. खेतान, सिनियर डिष्ट्रिक्ट एडभाईजर राम बिहारी पाण्डे, डिष्ट्रिक्ट एडभाईजर देव चौधरी, एरिया को चिफ राघव आचार्य, रिजन चेयर पर्सन बासु तिमिल्सिना, बिनय बंशल, जोन चेयर पर्सन चन्द्रशेखर पटेल, लायन्स क्लब अफ सेन्ट्रल सिटिकी अध्यक्ष गुड्डी जोशी, लायन्स क्लब अफ वीरगंज ग्रिन क्याम्पसका अध्यक्ष रविशंकर सर्राफ, प्रथम उपाध्यक्ष विजय कुशवाहा, द्वितीय उपाध्यक्ष श्याम गुप्ता, सचिव रोशन रौनियार, कोषाध्यक्ष किरण कुमार अग्रवाल, डिष्ट्रिक्ट कोर्डिनेटर रिकेश साह, विजया ओझैया, जीतपुर सिमराका मुकुन्द बहादुर क्षेत्री लगायत लायन्स तथा लियो क्लबका सदस्यहरुको उल्लेख्य सहभागिता रहेको थियो ।

error: Content is protected !!