विशाल मेमोरियल गोल्ड कप: त्रिभुवन आर्मी अन्तिम चारमा

वीरगंज । भरत खवासको ह्याट्रिकसँगै दोस्रो विशाल समृति फुटबल प्रतियोगितामा तेस्रो दिनको खेलमा त्रिभुवन आर्मी विजयी भएको छ ।

वीरगञ्जको नारायणी रंगशालामा जारी प्रतियोगितामा त्रिभुवन आर्मीले बारा सिमराको नव जनजागृति युवा क्लबलाई ३–० गोल अन्तरले पराजित गरेको हो ।

प्रतियोगितामा दोस्रो ह्याट्रिक गर्न सफल त्रिभुवन आर्मीका भरत खवास नै म्यान अफ दी म्याच घोषित भए । प्रतियोगितामा भोलि झापा ११ र भारत सिलगुडीको रोयल एफसीबीच प्रतिश्पर्धा हुने आयोजकले जनाएको छ ।

प्रतियोगितामा विजेता टिमले कपसहित नगद ५ लाख ५५ हजार पाँच सय ५५ र उपविजेताले दुई लाख ७७ हजार सात सय ७७ रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् । सर्वोत्कृष्ट खेलाडीलाई सुजुकीको जिक्सर मोटरसाइकल प्रदान गरिने छ ।

error: Content is protected !!