वीरगंजको विकाशका लागी विषेश प्याकेज दिन् गृहमन्त्रीलाई सांसद यादवको ध्यानाकर्षण

वीरगंज । संघिय समाजवादी फोरम नेपाल पर्साका अध्यक्ष एवम सांसद प्रदीप यादवले वीभिन्न कारणले पिछडीएको वीरगंजलाई विषेश प्याकेज दिनका लागी संघिय सरकारका गृहमन्त्री रामबहादुर थापा बादललाई आग्रह गर्नु भएको छ ।

शुक्रबार स्थानीय होटल भिष्वामा आयोजित वीरगंज उद्योग बाणीज्य संघको ४३ औ वार्षीक साधारण सभामा शुभकामना मन्तव्य राख्दै सांसद यादवले राज्यले वीरगंज संग कर मात्र अशुल गर्ने गरेको बताउनु भयो ।

देशको कुल बजेटको एक चौथाई लगभग ४ खरब भन्दा बढी राजस्व विरगंजले मात्र दिने गरेको छ तर यो ठाउको विकाशका लागी राज्यले कहिले पनि ध्यान दिएको छैन सांसद यादवले भने ।

राज्यले विरगंज संग असुलने मात्र कार्य गरेको बताउदै सांसद यादवले विरगंजको विकाशका लागी संघिय सरकारले विषेश प्याकेजको व्यवस्था गर्न गृहमन्त्री रामबहादुर थापा बादललाई आग्रह गर्नु भयो ।

वीरगंजको हरेक क्षेत्रहरुमा भएको अधिकांश विकाश निर्माणका कामहरुमा यहांका स्थानीय उद्योगी व्यापारीहरुको सहयोगले मात्र अहिले सम्म विरगंजमा विकाश भएको सांसद यादवले गृहमन्त्री बादललाई अवगत गराएका थिए ।

कार्यक्रममा गृहमन्त्री रामबहादुर थापा बादलले विभिन्न राजनितीक उतार चढावका कारण स्थायी सरकार नभएको अवस्थामा धेरै क्षेत्रहरु पिछडीएको बताउदै देशले अब स्थायी सरकार पाएकोले सबै क्षेत्रको विकाशका लागी संघिय सरकारले सहयोग गर्ने बताउनु भयो ।

error: Content is protected !!