प्रतिबन्धित ईन्जेक्शन बरामद

बीरगंज । सशस्त्र प्रहरी बीरगन्ज भंसार राजश्व गस्ती गुल्मले ६ सय पिस विभिन्न प्रतिबन्धीत लागू अौषध ईन्जेक्शन बरामद गरेको छ ।

बीरगन्ज महानगर १६ स्थित खेतवारी बाट प्लास्टिकका झोलामा रहेको लागुऔषध फेनार्गन २ सय पीस, डाईजोल्याब २ सय पीस र नुर्फीन २ सय पीस गरी ६ सय पिस ईन्जेक्शन बरामद भएको हो ।

खेतको बाटो भएर कबाडीको समानमा लुकाई छिपाई लागुअौषध बोकी अाउदै गरेको सुचना पाएपछि त्यस तर्फ गएको सशस्त्र प्रहरी टोलीलाई हेरेर झोला फाली मानिस फरार भएको सशस्त्र प्रहरी भंसार गुल्मका डिएसपी तिलक खड्काले जानकारी दिनु भयो ।

बरामद लागुऔषध थप आवश्यक कार्यवाहीको लागी जिल्ला प्रहरी कार्यालय पर्सामा बुझाईएको सशस्त्र प्रहरी निरीक्षक पदम खडकाले बताउनु भयो ।

error: Content is protected !!