क्राईम ब्रान्चको ठुलो उपलब्धी,भारी मात्रामा चरेश सहित एक पक्राउ

बीरगंज । बीरगन्ज महानगपालिका वडा नम्बर ३२ बेलवा बाट ठुलो परिमाणमा प्रतिबन्धीत लागू अौषध चरेश बरामद भएको छ ।

बेलवामा रहेको कमल ईट्टा भट्टा नजिकै जिल्ला प्रहरी कार्यालयको क्राईम ब्रान्च टोलीले चेकजांच गर्दा ,ना ४ ख २९८५ नम्बरको ट्रकमा राखिएको १ सय ६० किलो चरेश बरामद भएको हो ।

मकवानपुर बाट अाएको सो ट्रकलाई गोप्य सुचनाको अधारमा चेकजांच गर्दा चालकको सिट नजिकै लुकाई राखिएको चरेश बरामद भएको क्राईम ब्रान्चका प्रहरी निरिक्षक राजेश दतले जानकारी दिनु भयो ।

अावश्यक कार्यवाहीका लागि ट्रकका चालक मकवानपुर हेटौंडा उपमहानगरपालिका वडा नम्बर १२ निवासी सागर वल र ट्रकलाई प्रहरीले नियंत्रणमा लिएको छ ।

अाईतवार साझ बरामद भएको ट्रक र चरेश सोमबार सोमबार बिहान पत्रकार सम्मेलनगरि जिल्ला प्रहरी कार्यालय पर्साले सार्वजनिक गरेको छ ।

error: Content is protected !!