सबै समुदायको अपनत्व संविधानमा चाडै स्थापित गराउने -उपप्रधानमन्त्री यादव

बीरगन्ज। संघिय समाजवादी फोरम नेपालका अध्यक्ष एवं संघिय सरकारको उपप्रधान तथा स्वास्थय मन्त्री उपेन्द्र यादवले संविधानको केहि प्रावधानमा अहिलेपनि आफ्नो असन्तुष्टी र विरोध यथावत रहेको बताउनु भएको छ ।

शनिवार बीरगन्जमा श्रीनिधी बचत तथा ऋण सरकारीको सधारण सभालाई उदघाटन गर्दै मन्त्री यादवले असंतुष्टीका कुरा संशोधन बाटै समाधान गर्ने बताउदै भने ‘ संविधान फेरिनु भन्दा यस्का राम्रो कुरालाई अनुसरण गर्दै चाहिने कुरालाई थपेर समस्या समाधान हुन्छ’ ।

मधेशी , आदिवासी जनजाती, अलपसंख्यक तथा अन्य समुदायको अपनत्व संविधानमा चाडै स्थापित गराउने उपप्रधानमन्त्री यादवले बताए । आफुहरु सरकारमा गएको चार महिना मात्र भएकोले यो अवधीमा केहि आवश्यक कानुन निर्माण भएको र शुक्रवार देखी चालु भएको संसदको सत्रमा अब संविधान संशोधनका कुरालाई अगाडी बढाउने यादवले दाबी गरे ।

पन्चायत देखी नै सकृयदलहरुले निरंतर गरेको ५ दशकको शासनकालमा मुलुकको विकाशको अवस्था दैनिय रहेको बताउदै यादवले अब विकाशले गतिपनि लिने बताए । स्वास्थको अवस्था झन दैनिय रहेकोले यसलाई विषेश सुधारकालागि नितीगत योजना बनिसकेको र सोही योजना अनुसार बीरगन्जको नारायणी उपक्षेत्रीय अस्पतालको अवस्थापनि सुधार गरिने यादवले बताए ।

विरगंज को नगरसभा गृहमा सम्पन्न भएको श्री निधि बचत तथा ऋण सहकारी संस्थाको ७औँ वार्षिक साधारण सभामा ३४ करोडको आय व्यव प्रस्तुत गरिएको थियो ।

कार्यक्ममा संघिय समाजवादी फोरम पर्साका अध्यक्ष एवम सांसद प्रदीप यादव, नेपाल पत्रकार महासंघ पर्साका अध्यक्ष श्याम बञ्जारा, महिला नेत्री मिनी सिंह, रेखा यादव, लगायत विभिन्न सहकारी संस्थाका प्रमुख, समाजसेवी, उद्योगपति लगाएतको उपस्थिती रहेको थियो ।

उप प्रधानमन्त्री यादव शनिवार विभिन्न कार्यक्रममाका साथै संघिय समाजवादी फोरम नेपालको कार्यकर्ता भेलालाईपनि सम्बोधन गरेका थिए ।

error: Content is protected !!