नेशनल ट्रेडिंग अगाडि रहेको सार्वजनिक शौचालय संचालनमा

वीरगंज । वीरगंज महानगरपालीकाको वडा नम्बर १२ स्थीत नेशनल ट्रेडिंग अगाडि रहेको सार्वजनिक शौचालय संचालनमा आएको छ ।

व्यवस्थित वीरगंज अभियानलाई निरन्तरता दिदै आइरहेका व्यवस्थीत वीरगंजका अभियान कर्ता,समुदाय प्रहरी साझेदारी अभियान तथा रोट्रयाक्ट क्लबको सहयोगमा अव्यवस्थीत शौचालयलाई व्यवस्थीत बनाई संचालनमा ल्याइएको हो ।

वीरगंज महानगरपालीकाको विभिन्न ठाउहरुमा खुला ठाउमा गरिदै आएको शौच कार्यलाई व्यवस्थीत गरी शौचालयमा नै शौच गर्ने अभियान अन्तर्गत महिनौ देखी अव्यवस्थीत रहेको सो शौचालयलाई व्यवस्थीत गरी शौचालय प्रयोग गर्न सकिने विभिन्न समाग्रीहरु जडान गरिएको छ ।

शौचालय बाहीर रंग रोगन गरी चेतना मुलक संदेश समेत लेखिएको रोट्रयाक्टर आयुष गुप्ताले बताउनु भयो । महिनौ देखी बंद रहेको शौचालय व्यवस्थीत भइसके पश्चात शौचालय भित्रनै पिसाब गर्न अभियानकर्ताहरुले आग्रह समेत गरेका छन । शौचालयलाई नीयमीत रुपले सफा गर्नको लागि एकजना सफाईकर्मीलाई समेत राखीएको छ ।

उक्त अभियानमा पर्साका प्रहरी उपरीक्षक रेवती ढकाल,वडा प्रहरी कार्यालय श्रीपुरका प्रमुख प्रहरी निरीक्षक चक्र बहादुर मल्ल, व्यवस्थीत वीरगंजका रेयाज अंसारी, रोट्रयाक्टर आयुष गुप्ता लगाएतको सहयोग एवम उपस्थीती रहेको थियो ।

error: Content is protected !!