समुदायको सहकार्यमा अपराध न्युनिकरण हुन्छ -प्रदेश २ प्रहरी प्रमुख पाल

बीरगन्ज । प्रदेश २ का प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक हरिबहादुर पालले समुदाय सगको सहकार्यमा समाजिक विकृति र अपराध नियंत्रण गरिने बताएका छन् ।

सामुदाय प्रहरी साझेदारी कार्यक्रम अन्र्तगत जिल्ला ट्राफिक प्रहरी कार्यालय, पर्साले आदर्शनगर स्थित ग्रिनसिटी सामुदायिक कार्यालयमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै डिआईजी पालले अपराध निराकरण गर्न समुदाय र प्रहरीबीच सहकार्यको आवश्यकता रहेको बताए ।

प्रहरीले सडकमा हुने दुर्घटना र समाजमा रहेको विकृती न्युनिकरण तथा सरसफाई लगायतका विभिन्न क्षेत्रमा प्रहरी र समुदाय एकसाथ अगाडी बढीरहेको पालले बताउनु भयो ।

यस अभियान अन्तर्ग समुदाय र प्रहरीबीचको खाडल पुर्दै जाने लक्ष्य रहेको प्रहरी नायब महानिरीक्षक पालले बताए । कार्यक्रममा एभरेष्ट हेल्थ ग्रुप पर्साका उमंग रानासरियाले प्रहरी नायब महानिरीक्षक पाललाई एक थान एलईडी टिभी हस्तान्तरण गर्नु भयो ।

ट्राफिकलाई प्राप्त भएको एलईडी टिभी घण्टाघर छेउमा बनाईएको पार्किङ क्षेत्रमा ट्राफिक सम्बन्धी सचेतनामुलक सन्देश डिस्प्लेका लागि प्रयोग गरिने प्रदेश ट्राफिक प्रहरी प्रमुख, प्रहरी उपरीक्षक किरण बज्राचार्यले जानकारी दिइन् ।

ग्रिन सिटी सामुदायिकका अध्यक्ष प्रकाश खेतानले समुदाय प्रहरी साझेदारी अन्र्तगत प्रहरी र समुदाय मिलेर विविध कार्यक्रम गरिरहेको र आउदा दिनमा यस अभियानले समाजलाई नै फाइदा हुने जानकारी दिए ।

error: Content is protected !!