सांसद यादव द्वारा भारतीय पुर्वमन्त्री कैप्टन निषादलाई हार्दिक श्रद्धांजली अर्पण

‘नेपाल–भारत’ मैत्रीप्रति सदैव चिन्तत रहने अभिभावक गुमाएका छौ ,सांसद यादव

वीरगन्ज । भारतीय सरकारका पुर्व केंद्रीय मंत्री मुजफ्फरपुरका लोकप्रिय नेता कैप्टन जय नारायण प्रसाद निषादलाई संघीय समाजवादी फोरम नेपाल पर्साका अध्यक्ष एवम सांसद प्रदिप यादवले श्रद्धासुमनका साथ अन्तिम श्रद्धांजलि अर्पण गर्नुभएको छ ।

राजकिय समानका साथ  मुजफ्फरपुरमा आयोजन गरिएको श्रद्धांजलि कार्यक्रममा सहभागी हुदै सांसद यादवको नेतृत्वमा नेपालबाट पुगेको टोलीले फुलमाल चढाउदै श्रद्धान्जली अर्पण गरेको थियोे ।

नेता निसादको आयोजित श्रद्धांजलि कार्यक्रममा सहभागी हुन नेपालबाट  सांसद प्रदीप यादवको नेतृत्वमा बुद्धिजिवि एवम संचारकर्मी लगायतको टोली पुगेको थियो ।

हार्दिक श्रद्धासुमन अर्पण गर्दै सांसद प्रदिप यादवले नेपाल–भारतको मैत्रीसम्बन्धको प्रगाढता बारेमा सदैव चिन्तीत रहने एउटा कुसल अभिभावक गुमाएको बताउनु भयो ।

भारतीय अग्रणी पुस्ताका रुपमा रहनु भएका नेता  निसाद जनताको भलो चिताउने जमिनि नेता भएको बताउदै  सांसद यादवले भने, ‘ नेपालको उन्ती–प्रगती र विकास चिताउने र नेपाल भारतको सम्बन्धलाई अझ प्रगाढ बनाउनु कुरामानै सधै उहाको चिन्ता रहने गर्दथ्यो ।’

श्रद्धांजली कार्यक्रममा नेपालबाट मुजफ्फरपुर पुगेको टोलीमा मीडिया फार बोर्डर हार्मनी नेपालको अध्यक्ष पत्रकार अनिल तिवारी ,उपाध्यक्ष एवम पÞmोटो पत्रकार राम सर्राफ लगायतका अन्य सामाजिक राजनीतिक कार्यकर्ताहरुको सहभागीता रहेको थियो । 

श्रद्धान्जली एवम शवयात्रा कार्यक्रमा उत्तर बिहारका मुजफ्फरपुरका साथै समस्तीपुर, सीतामढ़ी, शिवहर, वैशाली, रक्सौलबाट व्यापक सहभागीता रहेको थियो ।

श्रद्धांजली कार्यक्रममा रक्सौलबाट पुग्नु भएका विधानसभा प्रत्याशी एवम राजद नेता सुरेश यादवले  कैप्टन निषाद सोशित पिडित वर्गको नेता भएको बताउदै सधै आर्थिक विपन्नहरुको अधिकारको लागी लडने समाजवादी नेता भएको बताउनु भयो ।

उहा पनि आफ्ना कार्यकर्ताको ठुलो जन–बलको साथ श्रद्धान्जली कार्यक्रममा पुग्नु भएको थियो । कैप्टेन निसादको निधनको समाचारसंगै सबैक्षेत्रबाट विहारको पटना, मुजफ्फरपुर र हाजिपुरमा शोक संवेदना व्यक्तगर्नेहरुको  ताती जुटेको थियो ।

बुधबारवार विहान ११बजे नेता निसादको अंतिम संस्कार हिंदू रीति रिवाज अनुसार उहाका पुत्र सांसद अजय निषादले दागवत्ती दिदै हाजिपुरमा सम्पन्न भएको  थियो । 

हवाइमार्गद्धारा दिल्लीबाट सुरुभएको शव यात्रा विहारको पटना,  मुजफ्फरपुर सहर परिक्रमा गर्दै  हाजीपुरको कोनहारा घाटमं दाह संस्कार भएको थियो ।

error: Content is protected !!