विधार्थी उचालेर प्रदर्शन गराउने प्रअलाई कार्यवाही गरिने -मेयर सरावगी

बीरगन्ज महानगर शिक्षा क्षेत्रको वेथिती सुधार्न सकृय, ८ प्रअको सरुवा

बीरगन्ज । बीरगन्ज महानगरपालिका भित्र रहेका सामुदायिक विधालयहरुको पठन पाठनलाई प्रभावकारी तथा विधालय प्रशासनमा सुधारका योजनाहरु महानगरपालिकाले अगाडी बढाएको छ ।

महानगरको शिक्षा महाशाखाले शिक्षा क्षेत्रको वेथिती सुधारको पहिलो चरणमा महानगर अन्तर्गतको ८ वटा माविका प्रधानाध्यापकहरुको सरुवा गरेको छ ।

पछिल्ला दशक देखी आफुले अडा जमाएर बसेका विधालयलाई छाडन नचाहने शिक्षकहरुले महानगरको यस निर्णय विरुद्ध विधार्थीलाई उचालेर महानगर प्रमुख विजय सरावगीको विरोधमा नाराबाजी तथा प्रदर्शन गराएका छन् ।

महानगरको सुखचैना माविका प्रअ दिनेश चौरसियालाई रेलवे मावि, नृसिंह माविका प्रअ हरेन्द्र कुर्मी त्रिजुद्ध मावि, कोन्हीया माविका प्रअ मो. मुरतुजा अंसारीलाई माईस्थान विधापीठ, बीरगन्ज रात्री माविका प्रअ प्रअ पुरुषोतम मिश्रलाई सोलखपुर मावि, सुर्जीदेवीका प्रअ अनिल कुमार वर्णवाललाई नृसिंह मावि, त्रिजुद्ध माविका प्रअ नविनकुमार मि।लाई सुर्जीदेवी मावि , माईस्थान विधा पिठका प्रअ विनोद मेहतालाई सुखचैना मावि तथा रेलवे माविका प्रअ देवशरण यादवलाई कोन्हीया माविमा सरुवा गरिएको छ ।

सरुवाको विरोधमा माईस्थान विधापिठका प्रअ विनोद मेहताले विधार्थीलाई उचालेर मेयर विरुद्ध प्रदर्शन गरेको आरोप लागेको छ । मेयरलाई भ्रष्टाचारी भनेर लेखिएको पलेकार्ड दिएर प्रअको सरुवा रोक्न दवाव दिने प्रधानाध्यापकहरु लाई कानुन अनुसारको कार्यवाही समेत गर्ने मेयर सरावगीले बताउनु भयो ।

प्रअहरुमाथी पछिल्ला दिनमा अख्तियार लगायतको नियामक निकायमा व्यापक मुद्दाहरु परेको र एउटा विधालयमामा लामो समय सम्म एउटै प्रधानाध्यापक बस्ने भएकोले प्रशासनिक वेथीती बढदै गएकोले कसैलाई अपायक नपर्नेगरि सरुवा गरिएको सरावगीले बताउनु भयो ।

सरुवा विरुद्ध लागने , छात्रछात्रालाई उचाल्ने प्रअहरुको पहिचान भइरहेको कार्यवाही प्रकृया समेत अगाडी बढेको बताउनु भयो ।यता सरुवाको विरोधमा विधापीठ माविमा आज विधार्थीहरुले तोडफोड गर्दै प्रदर्शन गरेका थिए । त्रिजुद्ध माविका शिक्षकहरु सरुवा रोक्न मेयरलाई डेलिगेशन जादा मेयर सरावगी भेट गर्नु भएन् ।

बीरगन्जम महानगर भित्र रहेको शहरी भेगमा बढी शिक्षक थुप्रीने र गाउमा कोहिपनि जान नमान्ने प्रवृतीले अहिले शिक्षक दरबन्दी समायोजन कार्यपनि अगाडी बढाइएको महानगरले जनाएको छ । बीरगन्ज महानगर भित्र रहेको जम्मा ९५ वटा सामुदायिक विधालय मध्ये १९ वटा मावि तहको तथा बाकी अधारभुत विधालयमा २० हजार १ सय ८५ विधार्थी रहेका छन् ।

महानगरभरि ७ सय ५२ वटा शिक्षक मध्ये धेरैजसो शिक्षकहरु श्हर केन्द्रीत भएको र ग्रामिण भेगका विधालयमा विधार्थी अनुसारको शिषक नभएकोले दोश्रो चरणमा समायोजनको कार्य गर्ने महानगरपालिकाले जनाएको छ ।

यसैबीच शिक्षक संगठनहरुले माहानगर विरुद्ध आन्दोलनको घोषणा गरेका छन । नेपाल शिक्षक संघ,नेपाल राष्ट्रिय शिक्षक संगठन,राष्ट्रिय लोकतान्त्रीक शिक्षक युनियन,अखिल नेपाल शिक्षक संगठन लगाएतकाले प्र अ हरुको सरुवाले शैक्षिक माहोल विग्रीएको र संस्थागत विधालयलाई फाईदा पुग्ने ठहर गर्दै शिक्षक संगठनले पुष ९ र १० गते महानगर भित्रका सामुदायिक विधालय बन्द गर्ने घोषणा गरेका छन ।

error: Content is protected !!