भन्सारले लगाएको नियम विभिन्न दलको विरोध पछि हटाइयो

वीरगंज । वीरगंज भन्सार कार्यालयले बुधबार देखि लागू हुनेगरि भन्सार क्षेत्रमा सवारीसाधनमा आवातजावत गर्न नपाइने सार्वजनिक सुचना टास गरेको केही बेर मै चौतर्फी बिरोध भएको छ ।

तस्करीको बहाना दिएर मधेसी जनतालाइ अनावश्यक दुख दिने नियतले बुधबारबाट भसार क्षेत्रमा तोकेकै स्थानबाट पैदल हिडि चेकचाज गर्नु पर्ने नियम लगाएको थियो । बिरगंज भसारले लागू गरेको केही बेरमै राजपा लगायत विभिन्न दलले त्यसको बिरोधमा उत्रेका हुन ।

विभिन्न राजनीतिक दलको दवाव र विरोध पछि भन्सार कार्यालय लागू गरेको केही घण्टामै निर्णय फिर्ता लिन बाध्य भएको छ । राष्ट्रिय जनता पार्टी नेपाल निकट विद्यार्थी संगठन राष्ट्रिय विद्यार्थी संघले प्रमुख जिल्ला अधिकार समक्ष एउटा ज्ञापन पत्र बुझाउदै उक्त निर्णयलाई फिर्ता लिन आग्रह गरेको थियो ।

विद्याथी नेता मधुशुधन चौरसियाको नेतृत्वमा गएको टोलीले भसार कार्यालयको नियमबाट स्थानीय र पर्यटकहरुलाई सास्ती भएको भन्दै तत्काल निर्णय फिर्ता लिन माग गरेको थियो ।

ज्ञापान पत्र बुझाउने क्रममा राष्ट्रिय जनता पार्टी नेपालका महासचिव राजेशमान सिंहले प्रमुख जिल्ला अधिकारी नारायण भट्टराईलाई आग्रह गर्दै मधेश जनतालाई दुख दिने नियतले लगाईएको चेकजाच तत्काल फिर्ता गर्न आग्रह गर्दै भंसार कार्यालयले आफनो निर्णय तुरुन्त नसच्याए स्थानिय प्रशासन विरुध कडा आन्दोलन गर्ने चेतावनी दिए ।

ज्ञापन पत्र बुझाउने क्रममा राजपाका युवा नेता बिष्णु पटेल, विद्यार्थी नेता अमित यादवलगयातको उपस्थिति रहेको थियो ।

error: Content is protected !!