उद्योगीको समस्या लिएर गुप्ता उद्योग तथा वाणिज्य विभागका डिजी संग छलफलमा

बीरगंज । नेपाल चामल तेल दाल उद्योग सङ्घका अध्यक्ष तथा वीरगञ्ज उद्योग वाणिज्य सङ्घका उपाध्यक्ष सुबोधकुमार गुप्ताको नेतृत्वमा गएको एक शिष्टमण्डलले उद्योग विभागका महानिर्देशक विनोदप्रकाश सिंह, वाणिज्य तथा आपूर्ति व्यवस्थापन विभागका महानिर्देशक योगेन्द्र गौचन तथा भन्सार विभागका महानिर्देशक तोयम राय समेतसँग उहाँहरुकै कार्यकक्षमा छुट्टाछुट्टै भेटघाट गरेर मुलुकको वर्तमान उद्योग व्यापारका अवस्था सम्बन्धमा छलफल गरेको छ ।

सो क्रममा अध्यक्ष गुप्ताले प्रदूषणको नाममा उद्योगहरुले भोग्नु परेको समस्या, वीरगञ्ज ¬पथलैया औद्योगिक कोरिडोरको घोषणा, बजार अनुगमनमा देखिएको समस्या, भन्सार दरबन्दी, भन्सार मूल्यांकन, कच्चा पदार्थ तथा तयारी वस्तुमा लाग्ने भन्सार महसुलमा हुनुपर्ने अन्तर लगायत उद्योग व्यापार तथा आर्थिक विकासका विविध बिषयमा छलफल भएको बताइएको छ ।

विभागहरुका महानिर्देशकहरुले दर्शाइएको समस्याहरुप्रति आपूm गम्भीर रहेको बताउनुहुँदै आवश्यक सुधारको लागि प्रतिबद्ध रहेको बताउनु भयो । भेटघाटका क्रममा नेपालका विभिन्न भेगका उद्योगी व्यवसायीहरुको उपस्थिति रहेको थियो ।

error: Content is protected !!