नेवि संघको अगुवाईमा निशुल्क रगत परिक्षण कार्यक्रम आयोजना

वीरगंज । नेपाल बिधार्थी संघ ठाकुर राम बहुमुखी क्याम्पस एकाई समितिको आयोजनामा नि स्शुल्क रगत परिक्षण कार्यक्रम सम्पन्न भएको छ ।

ठाकुर राम बहुमुखी क्याम्पसको प्राङ्गणमा सम्पन्न रगत परिक्षण कार्यक्रममा बिहान सिफ्ट BBS 1st , 2nd, 3rd, को ९५० विधार्थीले र दिउसोको सिफ्ट BED का १३५० बिधार्थीको रक्त परिक्षणको स्यामपल कलेक्सण गरिएको थियो ।

सो स्यामपलको Grouping गरि आजै रिपोर्ट दिईएको छ । क्याम्पसमा विधार्थी परिचय पत्रको लागि रक्त समुहको अनिवार्यताको कारणले आम विधार्थी ले रू १०० मा रक्त चेकजाँच हुने भएको हुदा नेपाल विधार्थी संघ जो सधै विधार्थीको हितमा र यस अघि निशुल्क आखां शिविर तथा रक्तदान कार्यक्रम गरिसकेको र यो कार्यक्रम पनि गरिव जेहेन्दार विधार्थीलाई लाभ पुर्याउन यस्तो कार्यक्रमको आयोजना गरिएको एकाई अध्यक्ष मनोज साहले बताए ।

क्याम्पसमा सकारात्मक सेवा मुलक कार्यले क्याम्पसको वातावरणमा राम्रो उर्जा थपने नेपाल बिधार्थी संघका नेता दिलिप राज कार्कीले वताए ।

नेपाल बिधार्थी संघले यस्तो सृजनातमक र सेवा मुलक कार्यक्रमले क्याम्पस प्रति आम जनताको राम्रो सोच आउने र विधार्थीमा यस क्याम्पस प्रति आकर्षण बढने क्याम्पसका सहायक प्रमुख रोसन लामिछानेले बताए ।

कार्यक्रम दुई दिन चलने साथै कार्यक्रममा एकाई उपाध्यक्ष अनिल पटेल,समीर हुसेन, अनिल साह , सुनिल चौधरि ,देवेन्द्र चैधरी, आशिस श्रीवास्तव, सन्धया थापा, पुजा मिश्रा लागायतको उपस्थित रहेको थियो ।

कार्यक्रमा प्रविधिक सहयोग भिजन डाईगनोष्टिक प्रा लि को रहेको थियो । कार्यक्रम नेपाल बिधार्थी संघ ईकाइ अध्यक्ष मनोज साहको अध्यक्षतामा भएको थियो ।

error: Content is protected !!