Mission Khoj
Advertisement
  • होमपेज
  • समाचार
    • स्थानिय समाचार
    • राष्ट्रिय समाचार
    • अन्तराष्ट्रिय समाचार
  • राजनीति
  • खोज
  • अन्तर्वार्ता / विचार
  • अर्थ वाणिज्य
  • मनोरन्जन
  • खेलकुद
  • स्वास्थ्य / जीवनशैली
No Result
View All Result
TRENDING
  • होमपेज
  • समाचार
    • स्थानिय समाचार
    • राष्ट्रिय समाचार
    • अन्तराष्ट्रिय समाचार
  • राजनीति
  • खोज
  • अन्तर्वार्ता / विचार
  • अर्थ वाणिज्य
  • मनोरन्जन
  • खेलकुद
  • स्वास्थ्य / जीवनशैली
No Result
View All Result
No Result
View All Result
Home Banner News

लगानीको सुनिश्चितता नभएसम्म निजगढमा जङ्गलको रुख काट्ने अनुमति दिँदिन् : मन्त्री यादव

मिसन डेक्स
मिसन डेक्स
August 6, 2022
लगानीको सुनिश्चितता नभएसम्म निजगढमा जङ्गलको रुख काट्ने अनुमति दिँदिन् : मन्त्री यादव

वीरगञ्ज, २१ साउन । वन तथा वातावरण मन्त्री प्रदीप यादवले मुआब्जा पाइसकेको जग्गा खाली नहुँदासम्म र बजेटको सुनिश्चितता नहुँदासम्म एउटा रुख पनि काट्न नदिने बताउनुभएको छ ।

निजगढमा बन्ने अन्तर्राष्ट्रिय विमानस्थलका लागि मुआब्जा पाइसकेका टाँगियाबस्ती खाली गराएर विमानस्थल निर्माणका लागि आवश्यक पर्ने बजेटको सुनिश्चितता भएमात्रै रुख कटानका लागि वन मन्त्रालयबाट अनुमति दिने मन्त्री यादवले बताउनुभएको हो ।

सर्लाहीको ईश्वरपुर नगरपालिका वडा नम्बर ४ स्थित सागरनाथमा निर्मित सशस्त्र वन रक्षक ब्यारेक भवनको उद्घाटन गर्दै मन्त्री यादवले निजगढ विमानस्थल मधेशको लाईफलाइन भएको हुँदा आफु त्यसको विरोधी नभएको स्पष्ट पार्नुभयो ।

उहाँले भन्नुभयो, “रुख काटेर जग्गा खाली गराउने, अनि फेरी बस्ती बसाल्ने र मुआब्जा दिने । यस्तो अब चल्दैन । पहिला मुआब्जा पाएको जग्गा खाली गराएर बिमानस्थलका लागि आवश्यक पर्ने बजेटको सुनिश्चितता नभएसम्म एउटा पनि रुख काट्न मन्त्रालयले अनुमति दिँदैन ।”

वन माफियालाई तह लगाउनका लागि कुनै पनि कदम चाल्न पछि नहट्ने बताउनुहुँदै उहाँले मन्त्रालयको निर्देशनबमोजिम वन जङ्गलको संरक्षणका लागि काम गर्न निर्देशन दिनुभएको छ ।

वन मन्त्रालय ताली खाने नभएर गाली खाने मन्त्रालय भएको हुँदा गाली सहेर पनि वन जङ्गल संरक्षण तदारुकता देखाउन उनले आग्रह गर्नुभएको छ । तस्करसँग मिलेर काठ, ढुंगा र गीठीको लाइन दिने जस्ता गुनासोहरु सुनिएको बताउनुहुँदै उहाँले सुध्रिएर मन्त्रालयको निर्देशनको पालना गर्न आग्रह गर्नुभएको छ ।

राम्रो काम गर्नेलाई सम्मान र नराम्रो गर्नेलाई दण्डित गर्ने बताउनुहुँदै उहाँले सम्मान पाउने लायकको काम गर्न पनि निर्देशन दिनुभएको छ । केही समयभित्रै वन मन्त्रालयले सम्मान कार्यक्रमको आयोजना गर्ने हुँदा त्यसको लागि आवश्यक तयारी पनि भइरहेको मन्त्री यादवको भनाई छ ।

त्यसैगरी उहाँले सुकुमवासीको नाममा धनाढ्यहरुले पनि जग्गा कब्जा गरेर राखेको बताउँनुहुँदै अबदेखि असली सुकुमवासीको पहिचान गरेर मात्र जग्गा दावी पूर्जा वितरण गरिने बताउनुभयो । “सुकुमवासीको पूर्जा लिएर काठमाडौँ र ठूलाठूला शहरमा आलिसान घर, गाडी भएकाहरु पनि छन् ।

म त्यस्ता सयौँलाई चिन्छु । लाखौँको सुनको सिक्री लगाएर म सुकुमवासी भन्नेहरुको पहिचान गरेर अबदेखि सही व्यक्तिलाई मात्र हामीले जग्गा दावी पूर्जा वितरण गर्छौं,” उहाँले भन्नुभयो ।

बाघको संख्या बढेको भन्दै विश्वव्यापी रुपमा नेपालको चर्चा चलीरहेको बताउनुहुँदै उहाँले बाघ हेर्न आउने पर्यटकलाई बढावा दिनुपर्नेमा जोड दिनुभएको छ ।

वन तथा भू–संरक्षण विभागको वार्षिक कार्यक्रमअन्र्तगत निर्मित भवनको उद्घाटनपश्चात आयोजित कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा उहाँले वन रक्षकमा अपर्याप्त जनशक्ति हुँदा अपेक्षित काम हुन नसकेको हुँदा केही दिनभित्रै केही संख्यामा बन रक्षक भर्ना गरिने जानकारी दिनुभयो ।

वन रक्षकमा कम जनशक्ति भएको हुँदा नेपाल प्रहरी, सशस्त्र प्रहरीसँग समन्वय गरेर गस्ति गर्नुपर्नेमा जोड दिँदै उहाँले अहिलेसम्म बनको संरक्षणमा नेपाल प्रहरी र सशस्त्र प्रहरीले खेलेको भूमिकाको सह्राना गर्नुभयो ।

जङ्गल विनाश गर्दा यसको असर हामीले नै भोग्नुपर्ने भएकाले जंगलको संरक्षण गर्नका लागि वन माफियालाई तह लगाउने चेतावनी पनि दिनुभएको छ ।

वन तथा भू-संरक्षण विभागका महानिर्देशक डा. राजेन्द्र केसीको अध्यक्षतामा भएको कार्यक्रममा प्रतिनिधिसभा सदस्य प्रमोद साह, प्रदेशसभा सदस्य अशोक यादव, इश्वरपुर नगरपालिकाका मेयर मनोज आचार्यलगायतले आफ्नो मन्तव्य राख्नु भएको थियो ।

यो खबर पढिएको पटक: 20
Previous Post

झाडीमा लुकाएर राखिएको २ सय ४० किलो गांजा सशस्त्र प्रहरीद्वारा बरामद

Next Post

हिन्दू धर्म र संस्कृतिको रक्षाको निम्ती विश्वको हिन्दू संगठित हुनुपर्छ— बौद्धिक प्रमुख मिथलेश जी

मिसन डेक्स

मिसन डेक्स

Next Post
हिन्दू धर्म र संस्कृतिको रक्षाको निम्ती विश्वको हिन्दू संगठित हुनुपर्छ— बौद्धिक प्रमुख मिथलेश जी

हिन्दू धर्म र संस्कृतिको रक्षाको निम्ती विश्वको हिन्दू संगठित हुनुपर्छ— बौद्धिक प्रमुख मिथलेश जी

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Recommended

सशस्त्र प्रहरीद्वारा भारतीय ट्रकबाट १४३ केजी गाँजा बरामद

सशस्त्र प्रहरीद्वारा भारतीय ट्रकबाट १४३ केजी गाँजा बरामद

53 years ago
नेपालमा वैदेशिक काठ आयातलाई निरुत्साहित गर्छु : मन्त्री यादव

नेपालमा वैदेशिक काठ आयातलाई निरुत्साहित गर्छु : मन्त्री यादव

53 years ago

यो वेबसाइट missionkhoj.com को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

हाम्रो बारेमा

  • मिसन खोज मिडिया प्रा. लि.
  • सुचना विभाग दर्ता नम्बर-१६४१/२०७६/२०७७
  • ठेगाना: वीरगंज-१२, पर्सा, नेपाल
    Birgunj 44300
  • shyamkushwaha260@gmail.com
  • 9845191021
  • https://www.missionkhoj.com/

हाम्रो टीम

अध्यक्ष/प्रबंध निर्देशक: श्याम कुश्वाहा

सम्पादक : अखिल कुमार सिंह, 9851243221

फेसबुक पेज

Facebook

© 2022 - Mission Khoj Media Pvt. Ltd. - All Rights Reserved.

No Result
View All Result
  • होमपेज
  • समाचार
    • स्थानिय समाचार
    • राष्ट्रिय समाचार
    • अन्तराष्ट्रिय समाचार
  • राजनीति
  • खोज
  • अन्तर्वार्ता / विचार
  • अर्थ वाणिज्य
  • मनोरन्जन
  • खेलकुद
  • स्वास्थ्य / जीवनशैली

© 2022 - Mission Khoj Media Pvt. Ltd. - All Rights Reserved.