मानवसेवा आश्रममा निशुल्क स्वास्थ्य शिविर सम्पन्न

वीरगञ्ज । मानवसेवा आश्रम वीरगञ्जमा  निशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । वीरगञ्ज युवा समाजको आयोजनामा सम्पन्न शिविरमा डा. मनोज उपाध्याय, डा. निरज कुमार सिंह, डा. लक्ष्मी थापा गुप्ता, डा. मनोज कुमार गुप्ता लगायतकाले स्वास्थ्य परिक्षण गरेका थिए ।

विभिन्न ठाउँबाट उद्धार गरि ल्याइएका करिब २५ जना लक्ष्मीनारायाणहरुको स्वास्थ्य परिक्षण गरिएको थियो । शिविरबाट लक्ष्मीनारायणहरुलाई निशुल्क औषधी पनि प्रदान गरिएको थियो ।

वीरगञ्ज युवा समाजका अध्यक्ष कमल चौगाईको सभापतित्वमा सम्पन्न शिविरमा नेपाल पत्रकार महासंघ प्रदेश नं २ का उपाध्यक्ष केसी लामिछाने, समाजका सल्लाहकार एवम् सञ्चारकर्मी महेशचन्द्र गौतम, वीरगञ्ज महानगरपालिकाका प्रशासकिय अधिकृत डा. भिष्म भुसाल, युवा नेता ओमप्रकाश सर्राफ, समाजसेवी जसपाल सिंह, रेडियो वीरगञ्जका समाचार प्रमुख धु्रव अधिकारी लगायतको उपस्थिती रहेको थियो ।

समाजकी उपाध्यक्ष सृष्टि विष्टको संयोजनमा सम्पन्न कार्यक्रमको सहजीकरण समाजका सचिव हेमन्त तामाङ्गले गरेका थिए । वीरगञ्ज युवा समाजका तर्फबाट आश्रमलाई खाद्य वस्तुहरु पनि प्रदान गरिएको थियो ।

error: Content is protected !!