गुप्ता द्वारा उद्योग व्यवसायको अवस्था बारे अर्थ मन्त्री डा. खतिवडासँग छलफल

वीरगंज । नेपाल चामल तेल दाल उद्योग सङ्घका अध्यक्ष तथा वीरगञ्ज उद्योग वाणिज्य सङ्घका उपाध्यक्ष सुबोधकुमार गुप्ताको नेतृत्वमा गएको एक शिष्टमण्डलले अर्थ मन्त्री डा. युवराज खतिवडासँग उहाँकै कार्यकक्षमा भेटघाट गरेर मुलुकको वर्तमान आर्थिक एवम् उद्योग व्यापारका सम्बन्धमा छलफल गरेको छ ।

सो क्रममा अध्यक्ष गुप्ताले बैंकको ब्याजदर बृद्धिले गर्दा उद्योग व्यापारमा परेको असर, कृषिजन्य वस्तुहरुको आयातमा भएको बढोत्तरी, कृषिलाई व्यवसायीकरण गर्न अवलम्बन गर्नु पर्ने नीति एवम् समग्र उद्योग, व्यवसायको अवस्था बारे अवगत गराउनुहुँदै सुधारको लागि आग्रह गर्नुभयो।

अर्थमन्त्री खतिवडाले दर्शाइएको समस्याहरुप्रति आपूm गम्भीर रहेको बताउनुहुँदै बैंकको ब्याजदरमा स्थिरता ल्याउने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले समग्र उद्योग व्यापारको अवस्थामा सुधार ल्याउन सदैव तत्पर रहेको र कृषिलाई व्यवसायीकरण गर्दै कृषिजन्य वस्तुमा आत्मनिर्भरताको लागि नीतिगत सुधारका पक्षमा लागि रहेको बताउनुभयो । भेटघाटका क्रममा नेपालका विभिन्न भेगका उद्योगी व्यवसायीहरुको उपस्थिति रहेको थियो ।

error: Content is protected !!