महासंघको साधारणसभा पुष २९ मा ,मुल व्यवस्थापन समितीको जिम्मा यादवलाई

वीरगञ्ज । मंगलबार बसेको नेपाल पत्रकार महासंघ पर्सा शाखाको बैठकले यसै महिनाको २९ गते महासंघको २२ औं साधारण सभा महासंघ कै भवनमा गर्ने निर्णय गरेको छ ।

शाखाका अध्यक्ष श्याम बन्जाराको अध्यक्षतामा सम्पन्न बैठकले साधारणसभा सफल पार्न कोषाध्यक्ष भूषण यादवको संयोजकत्वमा मुल व्यवस्थापन समिती गठन समेत गरेको छ ।

गठित समितीको सदस्यहरुमा आरके पटेल, निलिमा पौडेल, अमित अग्रवाल, मनोज पटेल, पुष्पराज तिमल्सिना रहेका छन् ।

समितीले आवश्यकता अनुसार परामर्श गरी कार्यसमिती र अन्य सदस्यहरुसँग समेत समन्वय गरी अधिवेशन भव्य र सभ्य बनाउने जिम्मेवार समेत दिइएको छ ।

अधिवेशनमा साँगठानिक र आर्थिक प्रतिवेदन पेश गर्न समेत सचिव र कोषाध्यक्ष जिम्मेवारी दिइएको छ ।

यसमा तपाईंको प्रतिक्रिया:

अाफ्नाे प्रतिक्रिया लेख्न यहाँ क्लीक गर्नुहाेस्

error: Content is protected !!