तस्कर र प्रहरी बिच झडप ३ प्रहरी घाईते, हतियार लुटियो

बीरगन्ज । पर्साको पाडेपुर पिडारी नाकामा तस्कर र प्रहरी बिच झडप हुदा एक प्रहरी सहायक निरिक्षक सहित ३ प्रहरी घाइते भएका छन् ।

तस्कर समुहले प्रहरीले बोकेको थ्री नट थ्रीको एक थान राइफलपनि लुटेर लगेका छन् । मंगलवार विहान ४ बजे जगरनाथपुर गाउपालिकाको वडा नम्बर १ पाडेपुरको केहि तस्करहरु गिलनमा पेट्रोलियम पदार्थ बोकेर भारत तर्फ चोरी निकासी गर्ने क्रममा प्रहरीले हस्तक्षेप गर्दा झडप भएको थियो ।

सिमामा अवस्थित पिडारी गुढी प्रहरी चौकीको २ सय मिटर उतर तिर ओरिया खोला किनारमा प्रहरीले तस्करहरुलाई रोक्दा एक्कासी तस्कर समुह प्रहरी माथी जाईलागेका थिए ।

थप बलको रुपमा पाडेपुर प्रहरी चौकीबाट घटना स्थल जादै गर्दा तस्कर समुहले आक्रमण गर्दा ४ जना प्रहरी घाइते भएका हुन् ।

तस्करहरुको आक्मणमा परि असई विशुनदेव यादव, हवल्दार प्रेम बहादुर राना मगर, प्रहरी जवान अर्जुन चौधरी गम्भीर घाइते भएका हुन् । घाइते प्रहरीहरुको नेशनल मेडिकल कलेजमा उपचार भइरहेको छ । घाइते मध्ये प्रहरी जवान अर्जुन चौधरीको स्थिती चिन्ताजनक रहेको छ ।

स्थानियले तस्करहरुलाई संरक्षण गर्दै प्रहरीलाई नै नियंत्रणमा लिएर कुटपिट गरेको र अर्जुन चौधरीले बोकेको राइफल समेत खोसेर लगेको प्रहरी सहायक निरीक्षक विशुनदेव यादवले बताउनु भयो ।

सीमावर्ती पाँडेपुर गाउबाट भारतमा हुने गरेका पेट्रोल र डिजेलको तस्करी रोक्न खोज्दा तस्करले प्रहरीमाथि आक्रमण गरेका थिए ।

भारत भन्दा नेपालमा पेट्रोल १३ रुपया डिजेल १८ रुपया सस्तो भएको कारण सिमावर्ती नेपाली पम्मबाट अहिले राति तथा विहान हुसुको मौका छोपी तस्करले भारत तर्फ पेट्रोलियम तस्करी गरिरहेका छन् । 

यसमा तपाईंको प्रतिक्रिया:

अाफ्नाे प्रतिक्रिया लेख्न यहाँ क्लीक गर्नुहाेस्

error: Content is protected !!