प्रहरी निरीक्षक दत्तको सक्रियताले अपराधी र तस्करमा त्रास

वीरगंज । पछिल्ला केहि समय यता बीरगन्जमा सिमापारीबाट हुने अपराधिक गतिविधी न्युनिकरण भएको छ ।

पछिल्ला दिनमा उपहरण , फिरौती, धम्की , जबर्दस्ती चन्दा वसुली लगायतका घटना नियंत्रित हुदै गएपछि यहाका सर्व सधारण देखी उद्योगी व्यवसायीले राहत महशुस गरेको सुनाउछन् ।

सिमावर्ती अपराध नियंत्रणमा विहार प्रहरी संगको सहकार्यमा नेपाल प्रहरीले पछिल्ला दिनहरुमा गरेको संयुक्त निगरानीका कारण सिमापारीबाट हुने अपराध नियंत्रणमा आएको उद्योगी व्यवसायी बताउछन् ।
प्रहरीले चाहयो भने अपराध नियंत्रण गर्न सकिन्छ भने उदाहरणको रुपमा अहिले पर्सा प्रहरीले कार्य गरिरहेको छ ।

अपराध नियंत्रणकालागि प्रहरीले बनाएको क्राइम ब्रान्चले चाहेको खण्डमा आम नागरिक , उद्योगी व्यवसायीले राहत महशुस गर्न सकने किसिमले अहिले पर्सा क्राईम ब्रान्चले काम गरिरहेको देखिन्छ ।

क्राइम ब्रान्चको प्रमुखमा प्रहरी निरीक्षक राजेश दत्त आएपछि खुल्ला सिमा नाकाका कारण हुने अपराधमा कमी आएको छ ।

प्रहरी निरीक्षक दत्तको काम गर्ने शैलीले विगतमा भएका अपराधीक घटनाका दोषीहरु प्नि धमाधम पक्राउ परि कार्यवाहीमा परेका छन् ।

अपराधका साथै खुल्ला सिमामा हुने तस्करी नियन्त्रण अभियानमा पनि प्रहरी जुटेको छ ।

पर्साका तस्करहरु यती खेर पर्सा छोडेर अन्यत्र पलाएन भएका छन । केहि समय यता प्रहरीले भन्सार छली भित्रियाइएका माल समान नियन्त्रणमा लिएर भंसार दाखिला गर्न थालेपछि तस्करहरुमा समेत त्रास देखिन देखिएको छ ।

प्रहरीलाई प्रभावमा पारेर तस्करी गर्न खोज्न,े घुस दिएर काम गराउन खोज्नेहरुलाई समेत पर्सा प्रहरीले नियंत्रणमै लिएर कार्यवाही चलाएको छ ।

प्रहरी निरीक्षक दत्तको कुशल टिमवर्कले अपराधीक गतिविधीमा कमी आएपछि पर्सावासी अमन चयनका साथ सुत्न पाएको स्थानीय बताउछन ।

अपराधीक गतिविधी एवम तस्करी नियन्त्रणमा कुनै प्रकारको सम्झौता नगर्ने अठोट लिएका प्रहरी निरिक्षक दत्तले विभिन्न समस्या लिएर जिल्ला प्रहरी कार्यालय पर्सा पुग्ने सेवा ग्राही संग गर्ने मधुर व्यवहारले पनि पर्सावासीबाट उनी प्रसंशा पाएका छन् ।

यसमा तपाईंको प्रतिक्रिया:

अाफ्नाे प्रतिक्रिया लेख्न यहाँ क्लीक गर्नुहाेस्

error: Content is protected !!