अटोरिक्सा चालक संग इनर्वा चौकी द्वारा ट्राफीक जनचेतना मुलक कार्यक्रम सम्पन्न

वीरगंज । समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत वीरगंज भन्सार सिमा नाकामा रहेको ईनर्वा प्रहरी चौकीले वीरगंज रक्शौल चल्ने अटोरिक्सा चालकहरु संग ट्राफीक जनचेतना मुलक कार्यक्रम सम्पन्न गरेको छ ।

वीरगंज महानगरपालीका वडा नम्बर १६ स्थीत रहेको इनर्वा प्रहरी चौकीको आयोजनामा शनिवार विहान वीरगंज रक्शौल चल्ने अटोरिक्साका चालकहरुलाई ट्राफीक सचेतना बारे जानकारी गराइएको थियो ।

वडा प्रहरी कार्यालय विर्ताका प्रहरी निरीक्षक निशान थापा र इनर्वा प्रहरी चौकीका प्रमुख प्रहरी नायव निरीक्षक नकुलराज गौतमले कार्यक्रममा सहभागी सयौको संख्यामा रहेका अटोरिक्सा चालकहरुलाई ट्राफीक नियम बारे जानकारी गराएका थिए ।

कार्यक्रममा प्रहरी निरीक्षक थापाले अटो रिक्सा चालकहरुलाई ट्राफीक नियम पालन गरी अटो रिक्सा चलाउन आग्रह गरेका थिए । प्रहरी निरीक्षक थापाले लागुऔषध सेवन गरी अटो रिक्सा चलाईरहेको धेरै गुनासोहरु आइरहेकोले लागु पदार्थको सेवन तथा मादक पदार्थ सेवन गरी अटो रिक्सा नचलाउन समेत आग्रह गरेका थिए ।

error: Content is protected !!