हेटौंडा,०६ असार । नेपाल प्रेस युनियनको केन्द्रीय सदस्यमा वीरगन्जकी पत्रकार निलिमा पौडेल निर्विरोध निर्वाचित भएकी छिन् ।
हेटौंडामा जारी युनियनको ९ औं महाधिवेशन अन्तर्गत शुक्रबार मनोनयन दर्ताको क्रममा केन्द्रीय सदस्य मधेस प्रदेश महिलामा पौडेल निर्विरोध निर्वाचित भएकी हुन।ौुुुुुुुुुुुुुुुुुुुुुुुुुुुुुुुौुुुुुुुुुुुुुुुुुुुुुुुुुु
पौडेल,रेडियो वीरगन्जमा कार्यरत एंव नेपाल चलचित्र पत्रकार संघ पर्साकी अध्यक्ष समेत हुन् ।
केन्द्रीय सदस्यमा पौडेलसंगै सप्तरीकी पत्रकार सुधा देव पनि निर्विरोध निर्वाचित भएकी छिन्।केन्द्रीय सदस्य मधेस प्रदेश महिलाको दुई पदमा पौडेल र देव दुई जनाको मात्र उम्मेदवारी परेकाले दुवै जना निर्विरोध निर्वाचित भएका हुन्
युनियनको केन्द्रीय नेतृत्व चयनका लागि अध्यक्षमा संस्थापनबाट अनिया विन्दु र संस्थापन इतर पक्षबाट शीव लम्सालले छुट्टाछुट्टै प्यानल बनाएर चुनावी मैदानमा उत्रिएका छन्।
नयाँ नेतृत्व चयनका लागि शनिबार मतदान हुनेछ।