समाज परिवर्तनको सम्वाहक युवा- राज्य मन्त्रि शर्मा

जनकपुर–२१ । अन्तरराष्ट्रिय स्वयसेवक दिवसको सन्दर्भमा प्रदेश स्तरिय पाइलन डिसकशन कार्यक्रम जनकपुरको रामाहोटलमा सम्पन्न भएको छ । सो कार्यक्रमको आयोजना युएनडिपि, युएनओमेन, युएनएफे र संरक्षण नेपालको समन्वयमा संचालन भएको थियो ।

समाज परिवर्तनको सम्वाहकको रुपमा रहेको युवाहरुको कार्यहरु सराहनिय रहेको कार्यक्रमको प्रमुख अतिथि प्रदेश नं २ को सामाजिक बिकास राज्य मन्त्रि अभिराम शर्माले बताउनु भयो ।

त्यसैगरी सामाजमा रहेको सामाजिक बिकृतीहरुलाई अन्य गर्नको लागि युवा स्वयमसेवकहरुले सकरात्म भुमिका खेल्ने गरेको कार्य राम्रो रहेकोे उहाले बताउनु भयो ।

युवाहरुको बिकास, रोजगारी, दक्ष ब्यतmी बनाउनको लागि प्रदेश सरकारले बिभिन्न निति, नियमहरु बनाउने कार्य गरिरहेको उहाले बताउनु भयो ।

संचालित प्रदेश स्तरिय पाइल डिसकशन कार्यक्रममा गैसस महासंघको प्रदेश अध्यक्ष धिरेन्द्र बहादुर सिंह, युएनडिपिका धनबहादु चन, आयोनका सचिव सतेन्द्र प्रसाद यादव लगायतकाले मन्तब्य राखेको थियो भने संचालन संरक्षण नेपालको अध्यक्ष बृजमोहन कुशवाहाले गर्नु भएको थिए

error: Content is protected !!