प्रहरी निरीक्षक दत्तको सकृयताका कारण पर्सामा अपराध घट्दै

विजय कुशवाहा
वीरगंज १० मंसिर । जिल्ला प्रहरी कार्यालय पर्साको अपराध अनुसन्धान शाखामा कार्यरत प्रहरी निरिक्षक राजेश दत्तको कार्य कुशलताको कारण अहिले पर्सामा अपराध नियन्त्रण हुँदै गएको छ ।


दत्तले अपराधिलाई पक्राउ गर्ने र अपराध गर्नेको सिफारिस गर्नेलाई समेत कारवाहीको दायरामा ल्याएपछि अहिले पर्सामा अपराध कम भएको स्थानिय वासिन्दाले बताएका छन् । अपराध नियन्त्रण शाखाकै सकृयतामा लागु औषधको तस्करी, पोके तस्करी, समेत नियन्त्रणमा आएको र दत्तले सो फाँट हाँकेपछि पर्सामा हुने गरेका तस्करी लगायत अन्य अपराध समेत निश्तेज भएको प्रहरी अधिकारीहरुले नै दावी गरेका छन् ।
विगतका दिनहरूमा पर्सा जिल्लाको ग्रामिण क्षेत्रमा व्यापक रुपमा गाँजा चरेशको तस्करी र शहरी क्षेत्रमा मरिच लगायत भारतीय कपडा, इलेक्ट्रिक समानको व्यापक रुपमा तस्करी हुँदै आएकोमा प्रहरी निरीक्षक राजेश दत्तको नेतृत्वमा सकृय रहेको अपराध अनुसन्धान एवं नियन्त्रण टोलीद्वारा तस्करीलाई निश्तेज गर्ने अभियान संचालन भएपछि अहिले पर्सामा व्याप्त तस्करी नियन्त्रणमा आएको हो ।
तस्करहरुलाई समात्ने र तिनका मतियारालाई समेत नछाडने रणनीति लिएका कारण अहिले केही तत्वहरु कुशल प्रहरी निरिक्षक दत्तको विरुद्धमा लागेको भए पनि यस सम्बन्धमा उच्च प्रहरी अधिकारीहरुलाई समेत जानकारी रहेको छ ।

error: Content is protected !!