उदाउदो सूर्यलाई अर्घय दिएर छठ पर्व समापन

वीरगंज । आस्थाको महापर्व छठ पर्व व्रतालुहरुले उदाउदो सूर्यलाई अर्घय दिएका छन । मूल विधि चतुर्थीदेखि शुरू भई षष्ठीका दिन बेलुकी अस्ताउन लागेको र सप्तमीका दिन उदाउदो सूर्यलाई अर्घय दिएर छठ पर्व समापन भएको छ ।

बिरगंजको घडिअर्वा,रानीघाट,मुर्ली,छपकैया,नगवा,श्रीपुर,लक्षुमनवा,पिपरा लगाएतका ठाउहरुमा रहेको पोखरीहरुमा ब्रतालुहरुले दुवै हत्केलामा पिठार र सिन्दुर लगाई अक्षत, फूल लिइ आफनो खेतबारीमा उत्पादन भएका सामग्री र घरमा बनाइएका विशेष प्रकारको पकवानसहित सूर्यलाई अघ्र्य अर्पण गरेका थिए ।

अघ्र्यमा ठेकुवा, केसार, केरा, उखु, मेवा मिष्ठान्न, गेडागुडी र विभिन्न वनस्पति, भुसवा, माटोको हात्ती, सुप, कनसुपती, कलशसहितको घैटो सूर्यलाई अर्पण गर्ने चलन रहेको छ ।

अस्ताउने र उदाउने दुइटै सूर्यलाई अभिनन्दन गर्नुको अर्थ जीवनमा सुखदुःख, रोदन र हँसोलाई समानरूपमा र जीवनकै पाटोका रूपमा लिइनु हो । सूर्यको आराधनाबाट चर्मरोग निको हुनुका साथै सन्तान र धनप्राप्ति हुने जनविश्वास छ ।

error: Content is protected !!