छठ पर्वको मुख्य दिन अस्ताउदो सुर्यलाई अर्घय दिइदै

वीरगंज । तराईबासीको महान चाडको रुपमा रहेको छठ पर्वको मुख्य दिन आज साझ अस्ताउदो सूर्यलाई पूजाआराधना गरी अर्घय दिइदैछ ।

कात्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने सूर्यदेवको आरधना, उपासना र पूजाको यो पर्व आइतबारबाट शुरु भएको हो । वीरगंज महानगरमा पनि छठ पर्वको रौनक देखीएको छ । छठ पर्वको पुजाको लागी यहा स्थीत रहेको नदी र पोखरीहरुलाई भव्यरुपमा सजाइएको छ।

बिरगंजको घडिअर्वा,रानीघाट,मुर्ली,छपकैया,नगवा,श्रीपुर,लक्षुमनवा,पिपरा लगाएतका ठाउहरुमा रहेको पोखरीका किनारहरुमा बसी छठीमाताको भक्तहरुले छठीमाताको भजन किर्तन संगै भगवान सुर्यलाई अघ्र्य दिएर पुजापाठ गरिरहेका छन ।

छठ पर्वमा व्रत गरे दुःख र दरिद्रताबाट मुक्ति पाइनुका साथै मनको कामना समेत पुर्ण हुने हुनाले यसमाताको ब्रत गरिने छठ ब्रतालुको भनाई छ ।यसमा झुप्पा–झुप्पा फल चढाउदा सूर्य देवता प्रसन्न भई व्रतालुका कुटुम्बसहित सबै सन्तानको भलो हुन्छ भन्ने मान्यता पाइन्छ ।

यस पर्वमा जो व्रत बस्न सक्दैन उसले अर्कोबाट व्रत गराउने गर्छन् । आर्थिक अभाव भएका मानिस भिक्षा मागेरै भए पनि यो पर्व मनाउने गर्छन्।

षष्ठीका दिन रातभर जागर्म बसी कात्तिक शुक्ल सप्तमीका दिन बिहान उदाउदो सूर्यलाई पूजाआरधना गरी विधिपूर्वक अघ्र्य दिएपछि यो पर्व समापन हुन्छ । कात्तिक शुक्लपक्षमा विधिपूर्वक सूर्यको पूजाआरधना गरी अघ्र्य दिएमा चर्म रोग लाग्दैन भन्ने धार्मिक विश्वास समेत छ ।

error: Content is protected !!