सशस्त्र प्रहरी द्वारा लागुऔषध सहित २ पक्राउ

वीरगंज । सशस्त्र प्रहरी बल नेपाल राजश्व तथा भन्सार सुरक्षा गुल्म विरगंज भन्सारले अवैध लागुऔषध एम्पुल सहित २ जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा जिल्ला ललितपुर पाटन महानगरपालीका वडा नम्बर ८ बस्ने वर्ष २३ को सागर कार्की र वडा नम्बर ९ बस्ने वर्ष २० को राजेश कुचिकार रहेका छन ।

वीरगंज महानगरपालीका वडा नम्बर १६ स्थीत वीरगंज भन्सार कार्यालय अगाडी सशस्त्र प्रहरी बल नेपाल राजश्व तथा भन्सार सुरक्षा गुल्म विरगंज भन्सारबाट सशस्त्र प्रहरी नायव निरीक्षक नर बहादुर राना मगरको कमाण्डमा डियुटीमा रहेको टोलीले सिमावर्ती शहर रक्शौैलबाट वीरगंज तर्फ पैदल आइरहेको दुवैलाई शंका लागी शरीर चेकजाच गर्दा शरिर भित्र लुकाई राखेको १ सय १५ पीस लागुऔषध एम्पुल बरामद गरिएको सशस्त्र प्रहरी बल नेपाल राजश्व तथा भन्सार सुरक्षा गुल्म वीरगंजका प्रमुख सशस्त्र प्रहरी नायव उपरीक्षक तिलक खडकाले बताउनु भयो ।

अवैध लागुऔषध सहित पक्राउ परेका दुवैजनालाई थप आवश्यक कार्यवाहीका लागी जिल्ला प्रहरी कार्यालय पर्सामा पठाइएको सशस्त्र प्रहरी निरीक्षक पदम खडकाले बताउनु भयो ।

error: Content is protected !!