धार्मिक सहिष्णुतालाई मजबुत बनाउदै छठ पर्व -सांसद प्रदीप यादव

वीरगञ्ज, २४ कार्तिक\हिन्दुहरुको महान पर्व छठको अवसरमा पर्सा क्षेत्र नम्बर १ का सांसद प्रदीप यादवले आज छठघाटहरुको निरीक्षण तथा अवलोकन गर्नुभएको छ । संघीय समाजवादी फोरम नेपाल पर्साका अध्यक्ष तथा सांसद यादवले रानीघाट ,पिपरा लगायतका छठघाटहरुको अवलोकन तथा निरीक्षण गर्नुभएको हो ।
अवलोकनको क्रममा सांसद यादवले खासगरी नेपालको तराई–मधेशमा भव्यताका साथ मनाइने छठ पर्वको विशेष धार्मिक महत्व रहेको बताउनुभयो ।
विशेषगरी नेपालको तराई–मधेशमा मात्र मनाइने छठ पर्व अहिले राजधानी काठमाडौँ लगायत मुलुकभर विशेष आस्थाका साथ मनाइने गरिन्छ । यस्तै यो पर्व मुस्लिमलगायत अन्य धर्मावलम्बीले पनि उत्तिकै हर्षाेल्लासका साथ मनाउने गरेका छन् ।
मुलुकमा जातीय, क्षेत्रीय सद्भावको अभाव खड्किरहेको वर्तमान अवस्थामा पहाडी, मधेशी, मुसलमान, धनी, गरिब सबैले मनाउने यस पर्वले नेपालीबीच जातीय क्षेत्रीय सद्भाव र एकता धार्मिक सहिष्णुतालाई अझ मजबुत बनाउनमा मद्दत पु¥याइरहेको सांसद यादवले बताउनुभयो ।
साथै छठघाट सजावटका लागि आफुले सक्दो सहयोग गर्ने उहाँले बताउनुभयो । अवलोकन भ्रमणमा जिल्ला सह ईन्चार्ज रामनरेश यादव , जिल्ला सदस्य तबरेज अहमद ,पर्सागढी नगरपालिका वडा नम्बर ५ का वडा अध्यक्ष असलम आलम , नगर उपाध्यक्ष घनश्याम गुप्ता , जिल्ला सदस्य मुस्तकीम अंसारी लगायतको उपस्थिती रहेको स्वकीय सचिव निखिल वर्णवालले बताउनुभयो ।
छठ पुजा विधीवत रुपमा भोलीदेखी सुरु हुने भएकोले अनुगमन तथा निरीक्षण कार्यलाई तिव्रता दिईएको सांसद यादवको भनाई छ । सत्य र अहिंसाप्रति मानवको रुचि बढाउने र सबै जीवप्रति सहानुभूति राख्न अभिप्रेरित गर्ने तराईवासीको महान् चाड छठ पर्व तराई मधेसका सबै जातजातिले साझा रुपमा मनाउने यस पर्वको विशेषता हो ।
सूर्य उपासना परम्पराको मोहक पद्धति मानिएको संसारमा यही एक यस्तो पर्व हो जसमा अस्ताउदो र उदाउदो सूर्यलाई पूजा गरिन्छ । यस पर्वमा चाहिने भाडाकुँडा वस्तुजातको बन्दोबस्त तराईमा एक महिना अगाडिदेखि नै गर्न थालिन्छ । श्रद्धा, भक्ति र सम्पूर्ण तराईको साझा सांस्कृतिक प्रतिबिम्बको रुपमा मनाइने छठ पर्व भोलीदेखि चार दिनसम्म धार्मिक परम्पराअनुसार हर्षोल्लासका साथ मनाइँदैछ ।
error: Content is protected !!