Mission Khoj
Advertisement
  • होमपेज
  • समाचार
    • स्थानिय समाचार
    • राष्ट्रिय समाचार
    • अन्तराष्ट्रिय समाचार
  • राजनीति
  • खोज
  • अन्तर्वार्ता / विचार
  • अर्थ वाणिज्य
  • मनोरन्जन
  • खेलकुद
  • स्वास्थ्य / जीवनशैली
No Result
View All Result
TRENDING
  • होमपेज
  • समाचार
    • स्थानिय समाचार
    • राष्ट्रिय समाचार
    • अन्तराष्ट्रिय समाचार
  • राजनीति
  • खोज
  • अन्तर्वार्ता / विचार
  • अर्थ वाणिज्य
  • मनोरन्जन
  • खेलकुद
  • स्वास्थ्य / जीवनशैली
No Result
View All Result
No Result
View All Result
Home Banner News

वातावरणलाई सन्तुलित राखेर मात्रै बिकास निर्माणको काम होस : मन्त्री यादव

मिसन डेक्स
मिसन डेक्स
July 12, 2022
वातावरणलाई सन्तुलित राखेर मात्रै बिकास निर्माणको काम होस : मन्त्री यादव

वीरगञ्ज, २८ अषाढ । वातावरणलाई सन्तुलित राखेर मात्रै बिकास निर्माणका काम गर्नुपर्नेमा बन तथा वातावरण मन्त्री प्रदीप यादवले जोड दिएका छन् ।

पछिल्लो समयमा बिकासको नाममा बिनाशका गतिविधि हुने गरेकोमा आपत्ति जनाउँदै मन्त्री यादवले पर्यावरणीय सन्तुलनलाई आत्मसाथ गरेर भएका बिकास निर्माण दीगो हुने दावी गरे ।

क्रियाशिल युवा पत्रकार मञ्च नेपाल पर्साले वीरगञ्जमा आयोजना गरेको भेटघाट तथा स्वागत कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री यादवले राष्ट्रिय गौरवको योजनाका रुपमा रहेका तराई मधेश द्रुत मार्ग ९फास्ट ट्रयाक०, निजगढ अन्तर्राष्ट्रिय बिमानस्थल लगायतका कामलाई तिव्र गतिमा अघि बढाउने जिकिर गरे ।

उनले भने, “मैले मन्त्रीका रुपमा पदभार ग्रहण गरेको आज एक हप्ता पनि पुगेको छैन, अहिले मन्त्रालयका विषयवस्तुहरु बुझ्ने क्रममा छु, काम र जिम्मेवारी धेरै भएपनि समय अत्यन्तै कम भएकाले मेरो कार्यकाल स्मरणीय बनाउनेमा म बिश्वस्त छु ।”

देशका विभिन्न स्थानमा अवैध रुपमा सञ्चालित क्रसर उद्योगलाई नियमन गर्ने मन्त्री यादवको भनाई छ । अवैध रुपमा सञ्चालित क्रसर उद्योगले चुरे दोहन गरेर मधेशलाई मरुभुमीकरण गरीरहेको हुँदा यसलाई नियमन गर्ने उनको धारणा छ ।

बहुचर्चित नागरिकता विद्येयक पास गराउनका लागि पहल गर्ने प्रतिबद्धता जनाउँदै मन्त्री यादवले जनताको रहर, हरित शहर कार्यक्रम सञ्चालन गरेर श्रावन महिनामा १ करोड विरुवा रोप्ने बताए ।

क्रियाशिल युवा पत्रकार मञ्चले बधाई पत्रसहित मन्त्री यादवलाई उपहारस्वरुप बिरुवा प्रदान गरिएको मञ्चका अध्यक्ष प्रणय कुमार साहले बताए ।

यो खबर पढिएको पटक: 41
Previous Post

शैक्षिक गुणस्तर बृद्धिका लागि सबैलाई हातेमालो गर्नुपर्नेमा मन्त्री यादवको जोड

Next Post

अत्याधिक गर्मीको कारण वीरगञ्जका विद्यालयहरु ३ दिन सम्म बन्द

मिसन डेक्स

मिसन डेक्स

Next Post
बिपी उद्यानको जग्गामा अवैध अतिक्रमण, महिनाको लाखौ रूपैया व्यक्तिको खल्तीमा

अत्याधिक गर्मीको कारण वीरगञ्जका विद्यालयहरु ३ दिन सम्म बन्द

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Recommended

सशस्त्र प्रहरीद्वारा भारतीय ट्रकबाट १४३ केजी गाँजा बरामद

सशस्त्र प्रहरीद्वारा भारतीय ट्रकबाट १४३ केजी गाँजा बरामद

53 years ago
नेपालमा वैदेशिक काठ आयातलाई निरुत्साहित गर्छु : मन्त्री यादव

नेपालमा वैदेशिक काठ आयातलाई निरुत्साहित गर्छु : मन्त्री यादव

53 years ago

यो वेबसाइट missionkhoj.com को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

हाम्रो बारेमा

  • मिसन खोज मिडिया प्रा. लि.
  • सुचना विभाग दर्ता नम्बर-१६४१/२०७६/२०७७
  • ठेगाना: वीरगंज-१२, पर्सा, नेपाल
    Birgunj 44300
  • shyamkushwaha260@gmail.com
  • 9845191021
  • https://www.missionkhoj.com/

हाम्रो टीम

अध्यक्ष/प्रबंध निर्देशक: श्याम कुश्वाहा

सम्पादक : अखिल कुमार सिंह, 9851243221

फेसबुक पेज

Facebook

© 2022 - Mission Khoj Media Pvt. Ltd. - All Rights Reserved.

No Result
View All Result
  • होमपेज
  • समाचार
    • स्थानिय समाचार
    • राष्ट्रिय समाचार
    • अन्तराष्ट्रिय समाचार
  • राजनीति
  • खोज
  • अन्तर्वार्ता / विचार
  • अर्थ वाणिज्य
  • मनोरन्जन
  • खेलकुद
  • स्वास्थ्य / जीवनशैली

© 2022 - Mission Khoj Media Pvt. Ltd. - All Rights Reserved.