Mission Khoj
Advertisement
  • होमपेज
  • समाचार
    • स्थानिय समाचार
    • राष्ट्रिय समाचार
    • अन्तराष्ट्रिय समाचार
  • राजनीति
  • खोज
  • अन्तर्वार्ता / विचार
  • अर्थ वाणिज्य
  • मनोरन्जन
  • खेलकुद
  • स्वास्थ्य / जीवनशैली
No Result
View All Result
TRENDING
  • होमपेज
  • समाचार
    • स्थानिय समाचार
    • राष्ट्रिय समाचार
    • अन्तराष्ट्रिय समाचार
  • राजनीति
  • खोज
  • अन्तर्वार्ता / विचार
  • अर्थ वाणिज्य
  • मनोरन्जन
  • खेलकुद
  • स्वास्थ्य / जीवनशैली
No Result
View All Result
No Result
View All Result
Home Banner News

शैक्षिक गुणस्तर बृद्धिका लागि सबैलाई हातेमालो गर्नुपर्नेमा मन्त्री यादवको जोड

मिसन डेक्स
मिसन डेक्स
July 12, 2022
पर्साका सांसद प्रदीप यादव वन तथा वातावरण मन्त्रीको पदमा लिए शपथ, कार्यभार सम्हाले

वीरगञ्ज, २८ अषाढ । वन तथा वातावरण मन्त्री प्रदीप यादवले शिक्षाको सुधारका लागि शिक्षा मन्त्रीसहितका अन्य सम्बन्धीत निकायबाट हुने कामका लागि सदैव तयार रहेको बताए ।

वीरगञ्ज महानगरपालिकाले त्रिजुद्ध माविमा मंगलवार आयोजना गरेको प्रधानाध्यापकसँगको अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री यादवले वीरगञ्जका सामुदायिक विद्यलयको शैक्षिक गुणस्तर बृद्धिका लागि सबैलाई हातेमालो गर्नुपर्नेमा जोड दिए ।

सामुदायिक विद्यालयभित्रै पनि विभेद यथावत रहेको हुँदा निजी र सामुदायिक बिचको खाडललाई पुर्न चुनौतिपुर्ण रहेको मन्त्री यादवको भनाई छ । सामुदायिक विद्यालयभित्रै शूल्क तिर्नेले अंग्रेजी माध्यम पढ्न पाउने र नतिर्नेले नेपाली माध्यम पढ्नुले शिक्षामै बिभेदीकरण देखिएको बताउँदै मन्त्री यादवले विभेदका बिच गुणस्तर र समानताको पाठ सिक्न नसकिने बताए ।

शिक्षाबिना बिकास असम्भव हुने तर्क गर्दै उनले विद्यालयको स्थलगत अवलोकन गरेर आवश्यक्ताअनुसारका योजना निर्माण गर्ने र ति योजनालाई महानगरले कार्यन्वयन गर्नुपर्ने बताए ।

वीरगञ्जमा भ्रमणका लागि आउनेहरुले अनिवार्य रुपमा विद्यालयको अवलोकन गर्ने खालको नमुना विद्यालय बनाउनका लागि हरसम्भव तयार रहेको मन्त्री यादवको भनाई छ । आफुले झगडा गरेर वा लडेर भएपनि शिक्षा मन्त्रालय तथा अन्य सम्बन्धीत निकायबाट काम गराउने आश्वासन पनि उनले दिएका छन् ।

कार्यक्रममा सहभागी सामुदायिक विद्यालयका प्रधानाध्यापकहरुले पनि विद्यालयका समस्याहरु सुनाएका थिए । शिक्षक सरुवाले पठनपाठनमा पार्ने प्रभावसँगै दरबन्दीअनुसारको शिक्षक अभावका कारण एउटै शिक्षकले २र३ वटा विषय अध्यापन गराउनुपर्ने बाध्यता रहेको प्रधानाध्यापकहरुको भनाई थियो ।

विद्यालयमा पर्याप्त मात्रामा भौतिक पूर्वाधार नहुँदा समस्या भइरहेको उनीहरुले बताएका थिए । कतै विद्यार्थी संख्या कम तर शिक्षक संख्या धेरै र कतै शिक्षक कम र विद्यार्थी धेरै भएको हुँदा समायोजन गर्नुपर्ने उनीहरुले बताए ।

विद्यालयमा हुने राजनीतिदेखि विद्यालय व्यवस्थापन समिति गठन गर्दा आउने समस्याहरुको सम्बोधन गर्नुपर्नेमा अभिभावकहरुले जोड दिएका थिए ।

कार्यक्रममा वीरगञ्ज महानगरपालिकाका प्रमुख राजेशमान सिंह, वीरगञ्ज महानगरपालिकाका निमित्त प्रमुख प्रशासकिय अधिकृत एवम् शैक्षिक प्रशासन महाशाखा प्रमुख अर्विन्दलाल कर्ण लगायतको उल्लेख्य उपस्थिती रहेको थियो ।

यो खबर पढिएको पटक: 43
Previous Post

केन्द्रीय समिति बैठकमा सहभागि हुन जसपा अध्यक्ष यादव वीरगंजमा

Next Post

वातावरणलाई सन्तुलित राखेर मात्रै बिकास निर्माणको काम होस : मन्त्री यादव

मिसन डेक्स

मिसन डेक्स

Next Post
वातावरणलाई सन्तुलित राखेर मात्रै बिकास निर्माणको काम होस : मन्त्री यादव

वातावरणलाई सन्तुलित राखेर मात्रै बिकास निर्माणको काम होस : मन्त्री यादव

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Recommended

सशस्त्र प्रहरीद्वारा भारतीय ट्रकबाट १४३ केजी गाँजा बरामद

सशस्त्र प्रहरीद्वारा भारतीय ट्रकबाट १४३ केजी गाँजा बरामद

53 years ago
नेपालमा वैदेशिक काठ आयातलाई निरुत्साहित गर्छु : मन्त्री यादव

नेपालमा वैदेशिक काठ आयातलाई निरुत्साहित गर्छु : मन्त्री यादव

53 years ago

यो वेबसाइट missionkhoj.com को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

हाम्रो बारेमा

  • मिसन खोज मिडिया प्रा. लि.
  • सुचना विभाग दर्ता नम्बर-१६४१/२०७६/२०७७
  • ठेगाना: वीरगंज-१२, पर्सा, नेपाल
    Birgunj 44300
  • shyamkushwaha260@gmail.com
  • 9845191021
  • https://www.missionkhoj.com/

हाम्रो टीम

अध्यक्ष/प्रबंध निर्देशक: श्याम कुश्वाहा

सम्पादक : अखिल कुमार सिंह, 9851243221

फेसबुक पेज

Facebook

© 2022 - Mission Khoj Media Pvt. Ltd. - All Rights Reserved.

No Result
View All Result
  • होमपेज
  • समाचार
    • स्थानिय समाचार
    • राष्ट्रिय समाचार
    • अन्तराष्ट्रिय समाचार
  • राजनीति
  • खोज
  • अन्तर्वार्ता / विचार
  • अर्थ वाणिज्य
  • मनोरन्जन
  • खेलकुद
  • स्वास्थ्य / जीवनशैली

© 2022 - Mission Khoj Media Pvt. Ltd. - All Rights Reserved.