सशस्त्र प्रहरी द्वारा भन्सार छलीको लत्ता कपडा सहित अटो रिक्सा पक्राउ

वीरगंज । सशस्त्र प्रहरीले वीरगंज महानगरपालीका वडा नम्बर १६ रजतज्यन्ती चौकबाट भन्सार छलीको ३ लाख मुल्य बराबरको लत्ता कपडा सहित एकजनालाई पक्राउ गरेको छ ।

सशस्त्र प्रहरी बल भन्सार राजश्व सुरक्षा गुल्मबाट गुल्मपती सशस्त्र प्रहरी नायव उपरिक्षक तिलक बहादुर खडकाको नेतृत्वमा रहेको टोलीले ३ लाख मुल्य बराबरको लत्ता कपडा सहितको अटो रिक्सा र चालकलाई पक्राउ गरेको हो ।

वीरगंज महानगरपालीका वडा नम्बर १६ स्थीत रजत ज्यन्ती चौकमा चेकजाचका क्रममा भारतबाट नेपाल तर्फ आईरहेको ना १ ह ५३५४ नम्बरको अटो रिक्सालाई चेकजाच गर्ने क्रममा भन्सार छली पैठारी गरि रिक्सामा लुकाई ल्याइएको विभिन्न समानहरु सहित अटो रिक्सा र चालक वीरगंज छपकैया २ बस्ने वर्ष ४१ को शफिक अंसारीलाई नियन्त्रणमा लिइएको सशस्त्र प्रहरी नायव उपरिक्षक तिलक बहादुर खडकाले बताउनु भयो ।

बरामद समानहरुमा लत्ता कपडा,स्टीलका भाडा,प्लास्टीक झोला लगाएतका समानहरु रहेको सशस्त्र प्रहरीले जनाएको छ । बरामद समानहरु सहित अटो रिक्सालाई समते आवश्यक कार्यवाहीका लागी वीरगंज भन्सार कार्यालय बुझाइएको सशस्त्र प्रहरी निरीक्षक पदम खडकाले बताउनु भयो ।

error: Content is protected !!