Mission Khoj
Advertisement
  • होमपेज
  • समाचार
    • स्थानिय समाचार
    • राष्ट्रिय समाचार
    • अन्तराष्ट्रिय समाचार
  • राजनीति
  • खोज
  • अन्तर्वार्ता / विचार
  • अर्थ वाणिज्य
  • मनोरन्जन
  • खेलकुद
  • स्वास्थ्य / जीवनशैली
No Result
View All Result
TRENDING
  • होमपेज
  • समाचार
    • स्थानिय समाचार
    • राष्ट्रिय समाचार
    • अन्तराष्ट्रिय समाचार
  • राजनीति
  • खोज
  • अन्तर्वार्ता / विचार
  • अर्थ वाणिज्य
  • मनोरन्जन
  • खेलकुद
  • स्वास्थ्य / जीवनशैली
No Result
View All Result
No Result
View All Result
Home Banner News

‘चुरे जोगाए मधेश जोगिन्छ, मधेश जोगिए देश : बन मन्त्री यादव

मिसन डेक्स
मिसन डेक्स
July 11, 2022
‘चुरे जोगाए मधेश जोगिन्छ, मधेश जोगिए देश : बन मन्त्री यादव

वीरगञ्ज, २७ असार। बन तथा वातावरण मन्त्री प्रदीप यादवले चुरे क्षेत्रमा बन माफियाको गिद्धे नजर लागेको बताए।

वीरगञ्ज महानगरपालिका ४ मा आयोजित वृक्षरोपण कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री यादवले बन माफियाहरुले चुरे दोहन गरेर मधेशलाई मरुभुमीकरण गर्ने खेलतर्फ लागेको बताए।

बन माफियालाई कानुनी कठघराभित्र ल्याउने प्रतिबद्धता पनि उनले जनाएका छन्। उनले भने, ‘चुरे क्षेत्रभित्र खुलेका अवैध क्रसर उद्योगहरुमा कुनै न कुनै नेताको आशिर्वाद छ। ठूला शक्ति केन्द्रको संरक्षण छ। तर ३ महिनाभित्र सबै अवैध क्रसर उद्योग बन्द हुनेछन्।’ चुरे जोगिए मात्रै मधेश जोगिने बताउँदै उनले वातारण संरक्षण्का लागि चुरे क्षेत्रको संरक्षण अपरिहार्य भएको बताए।

‘जनताको रहर, हरित शहर’ कार्यक्रम सञ्चालन गरेर हरेक सडकको वरिपरी हराभरा बनाउन बृक्षरोपण गरिने मन्त्री यादवले जानकारी दिए। तराई मधेशका १ सय ५ पालिकामा वृक्षरोपण गर्नुका साथै श्रावन महिनाभरीमा देशैभर १ करोड वृक्षरोपण गर्ने मन्त्री यादवको योजना छ। वृक्षरोपणका लागि श्रावन महिना उपयुक्त भएको हुँदा श्रावनमा रोपिएका विरुवा बढ्ने पनि उनको बिश्वास छ।

पर्सा जिल्लाका विभिन्न सडकहरुको वरीपरी पनि विरुवा रोपेर हरियाली बनाई वातावरणको संरक्षण गर्ने अभियानमा हातेमालो गर्न पनि उनले आग्रह गरेका छन्। वीरगञ्जमा देशकै नमुना चिडियाखाना बनाएर जंगली जनावरको अवलोकन गर्नका लागि वीरगञ्ज आउने वातावरणको सृजना गरी पर्यटनको बिकास गर्ने मन्त्री यादवको भनाई छ।

वडा नम्बर ४ मा वडाअध्यक्ष जगत साह कानु र वडा नम्बर ८ मा वडाअध्यक्ष रितेश गुप्ताको अध्यक्षतामा मन्त्री यादवलाई सम्मान गरिएको थियो।

पर्साका जनताकै साथ र सहयोगका कारण सांसद हुँदै मन्त्री बन्न सफल भएको बताउँदै उनले खुशी व्यक्त गरे । गृह जिल्लाका जनताको आशिर्वाद लिनका लागि र जनतालाई धन्यवाद भन्नका लागि अँझै केही दिन यतै बस्ने उनको भनाई छ।

कार्यक्रममा वीरगञ्ज महानगरपालिकाका प्रमुख (मेयर) राजेशमान सिंहले वीरगञ्जको बिकासका लागि वडाअध्यक्ष, मेयर र मन्त्रीको समन्वयात्मक भूमिका हुने बताए । वीरगञ्जलाई नमुना शहर बनाएर वीरगञ्जको मुहार कायापलट गर्ने दावी गर्दै मेयर सिंहले अब वीरगञ्ज बास्तवमै समृद्ध बन्ने बिश्वास व्यक्त गरे । वडाको बिकाससँगै विद्यालयको शैक्षिक गुणस्तर एवम् भौतिक पूर्वाधारको सुधारमा कुनै कसर बाँकी नराख्ने मेयर सिंहको प्रतिबद्धता छ । वीरगञ्जको बिर्ता मन्दिर सडक बिस्तार भएपछि स्थानान्तरण गर्नुपर्ने भन्दै उनले उपयुक्त स्थानको खोजी गर्ने काम भइरहेको पनि जानकारी दिए ।

यो खबर पढिएको पटक: 45
Previous Post

कालिकामाईमा सर्वदलीय बैठक सम्पन, अध्यक्षको एक्लौटी विरूद्ध संघर्षगर्ने निर्णय

Next Post

केन्द्रीय समिति बैठकमा सहभागि हुन जसपा अध्यक्ष यादव वीरगंजमा

मिसन डेक्स

मिसन डेक्स

Next Post
केन्द्रीय समिति बैठकमा सहभागि हुन जसपा अध्यक्ष यादव वीरगंजमा

केन्द्रीय समिति बैठकमा सहभागि हुन जसपा अध्यक्ष यादव वीरगंजमा

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Recommended

सशस्त्र प्रहरीद्वारा भारतीय ट्रकबाट १४३ केजी गाँजा बरामद

सशस्त्र प्रहरीद्वारा भारतीय ट्रकबाट १४३ केजी गाँजा बरामद

53 years ago
नेपालमा वैदेशिक काठ आयातलाई निरुत्साहित गर्छु : मन्त्री यादव

नेपालमा वैदेशिक काठ आयातलाई निरुत्साहित गर्छु : मन्त्री यादव

53 years ago

यो वेबसाइट missionkhoj.com को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

हाम्रो बारेमा

  • मिसन खोज मिडिया प्रा. लि.
  • सुचना विभाग दर्ता नम्बर-१६४१/२०७६/२०७७
  • ठेगाना: वीरगंज-१२, पर्सा, नेपाल
    Birgunj 44300
  • shyamkushwaha260@gmail.com
  • 9845191021
  • https://www.missionkhoj.com/

हाम्रो टीम

अध्यक्ष/प्रबंध निर्देशक: श्याम कुश्वाहा

सम्पादक : अखिल कुमार सिंह, 9851243221

फेसबुक पेज

Facebook

© 2022 - Mission Khoj Media Pvt. Ltd. - All Rights Reserved.

No Result
View All Result
  • होमपेज
  • समाचार
    • स्थानिय समाचार
    • राष्ट्रिय समाचार
    • अन्तराष्ट्रिय समाचार
  • राजनीति
  • खोज
  • अन्तर्वार्ता / विचार
  • अर्थ वाणिज्य
  • मनोरन्जन
  • खेलकुद
  • स्वास्थ्य / जीवनशैली

© 2022 - Mission Khoj Media Pvt. Ltd. - All Rights Reserved.