Mission Khoj
Advertisement
  • होमपेज
  • समाचार
    • स्थानिय समाचार
    • राष्ट्रिय समाचार
    • अन्तराष्ट्रिय समाचार
  • राजनीति
  • खोज
  • अन्तर्वार्ता / विचार
  • अर्थ वाणिज्य
  • मनोरन्जन
  • खेलकुद
  • स्वास्थ्य / जीवनशैली
No Result
View All Result
TRENDING
  • होमपेज
  • समाचार
    • स्थानिय समाचार
    • राष्ट्रिय समाचार
    • अन्तराष्ट्रिय समाचार
  • राजनीति
  • खोज
  • अन्तर्वार्ता / विचार
  • अर्थ वाणिज्य
  • मनोरन्जन
  • खेलकुद
  • स्वास्थ्य / जीवनशैली
No Result
View All Result
No Result
View All Result
Home Banner News

वन मन्त्री यादवको घोषणा : तिन महिना भित्र पर्साले विकास योजनाको ठुलो उपहार पाउने

मिसन डेक्स
मिसन डेक्स
July 9, 2022
वन मन्त्री यादवको घोषणा : तिन महिना भित्र पर्साले विकास योजनाको ठुलो उपहार पाउने

वीरगंज,२५ अषाढ़। नेपाल सरकारका नवनियुक्त वन तथा वातावरण मन्त्री प्रदीप यादवले अबको तीन महिना भित्रमा पर्सा जिल्लालाई विकास निर्माणको योजनाको ठूलो उपहार दिने घोषणा गरेका छन।

मन्त्री बनेपछि पहिलो पटक शनिबार गृहनगर वीरगन्ज आएका बेला उनको स्वागतमा जसपाले आयोजना गरेको स्वागत तथा सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री यादवले यस्तो घोषणा गरेका हुन।

मन्त्री यादवले भने, ‘हुन त मेरो मन्त्रालय विकासे मन्त्रालय त होइन। तर प्रधानमन्त्री, भौतिक पूर्वाधार विकास, शिक्षालगायतका मन्त्रीहरुसँग समन्वय गरेर तीन महिनाभित्रै यो जिल्लालाई एकदमै ठूलो उपहार दिन्छु। यो मेरो घोषणा मात्रै होइन प्रतिबद्धता पनि हो।

जिल्लाका १४ वटै पालिकामा अधुरा रहेका सबै सडकहरुको टेण्डर गराएर काम शुरु गराउने घोषणा पनि उनले गरे। यसका साथसाथै पर्सामा पर्यटन प्रवर्द्धन र विकासका लागि वीरगन्जमा ललितपुरको भन्दा पनि ठूलो चिडियाखाना आफ्नै कार्यकालमा निर्माण हुने उनले बताए। यसका लागि जग्गा खोज्न वीरगन्जका मेयर राजेशमान सिंहलाई उनले आग्रह पनि गरे।

भिस्वा स्तुप, विन्दवासीनी मन्दिर, भाथा मन्दिरलगायतका धार्मिक स्थललाई धार्मिक पर्यकटीय स्थलका रुपमा रुपमा विकास गर्ने आफनो लक्ष्य रहेको उनले बताए। ठोरी गाउँपालिकालाई मधेस सरकारले पर्यकटीय क्षेत्र घोषणा गरेको भन्दै उनले त्यसका लागि संघीय सरकारले पर्याप्त बजेट उपलब्ध गराउने उनले बताए।

जसपाका जिल्ला अध्यक्ष रामनरेश यादवको अध्यक्षतामा भएको कार्यक्रममा, जिसस पर्साका अध्यक्ष अजय सर्राफ, जसपाका केन्द्रीय सदस्यहरु जनार्दन यादव, फिरोज मन्सुर, नगरअध्यक्ष इश्वरचन्द्र यादव, बहुदरमाइ नगरपालिकाका मेयर सिंघासन साह तेली, धोबीनी गाउँपालिकाका अध्यक्ष मदन चौहानलगायतको सहभागिता रहेको थियो।

यो खबर पढिएको पटक: 44
Previous Post

पर्साको विकास निर्माणमा विषेश महत्त्व दिन मन्त्री यादवलाई मेयर सिंहको आग्रह

Next Post

इन्स्पेक्टर मनोज शर्माको सक्रियताले रक्सौलबाट दुई नेपाली युवतीको उद्दार

मिसन डेक्स

मिसन डेक्स

Next Post
इन्स्पेक्टर मनोज शर्माको सक्रियताले  रक्सौलबाट दुई नेपाली युवतीको उद्दार

इन्स्पेक्टर मनोज शर्माको सक्रियताले रक्सौलबाट दुई नेपाली युवतीको उद्दार

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Recommended

सशस्त्र प्रहरीद्वारा भारतीय ट्रकबाट १४३ केजी गाँजा बरामद

सशस्त्र प्रहरीद्वारा भारतीय ट्रकबाट १४३ केजी गाँजा बरामद

53 years ago
नेपालमा वैदेशिक काठ आयातलाई निरुत्साहित गर्छु : मन्त्री यादव

नेपालमा वैदेशिक काठ आयातलाई निरुत्साहित गर्छु : मन्त्री यादव

53 years ago

यो वेबसाइट missionkhoj.com को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

हाम्रो बारेमा

  • मिसन खोज मिडिया प्रा. लि.
  • सुचना विभाग दर्ता नम्बर-१६४१/२०७६/२०७७
  • ठेगाना: वीरगंज-१२, पर्सा, नेपाल
    Birgunj 44300
  • shyamkushwaha260@gmail.com
  • 9845191021
  • https://www.missionkhoj.com/

हाम्रो टीम

अध्यक्ष/प्रबंध निर्देशक: श्याम कुश्वाहा

सम्पादक : अखिल कुमार सिंह, 9851243221

फेसबुक पेज

Facebook

© 2022 - Mission Khoj Media Pvt. Ltd. - All Rights Reserved.

No Result
View All Result
  • होमपेज
  • समाचार
    • स्थानिय समाचार
    • राष्ट्रिय समाचार
    • अन्तराष्ट्रिय समाचार
  • राजनीति
  • खोज
  • अन्तर्वार्ता / विचार
  • अर्थ वाणिज्य
  • मनोरन्जन
  • खेलकुद
  • स्वास्थ्य / जीवनशैली

© 2022 - Mission Khoj Media Pvt. Ltd. - All Rights Reserved.