वीरगंज,२५ अषाढ़। वीरगंज महानगरपालिकाका मेयर राजेशमान सिंहले नवनियुक्त मन्त्री प्रदीप यादवलाई पर्सा जिल्लाको विकास निर्माणमा विषेश महत्त्व दिन आग्रह गर्नु भएको छ ।
जनता समाजवादी पार्टी नेपाल पर्साले वीरगंजमा आयोजना गरेको सम्मान कार्यक्रममा मेयर सिंहले विकास निर्माणको सवालमा पर्सा जिल्ला धेरै पछाडी धकेलिएको बताउदै पर्सा जिल्लालाई विषेश महत्त्व दिएर विकास निर्माणमा टेवा पुरयाउन अनुरोध गरेका थिए ।
वन तथा वातावरण मन्त्री प्रदीप यादवलाई इंगित गर्दै मेयर सिंहले भने तपाई विकास निर्माण गर्ने ठाउमा मन्त्री हुनुहुन्न तर तपाईले आफनो पहलमा पर्सा जिल्लालाई विकाशको गतीमा डोरयाउन एउटा ठोस पहल गरेर पर्सा जिल्लालाई दिगो विकाशको लक्ष्य दिलाउन कम्मर कसेर सहयोग गर्नु हुन्छ भन्नेमा आफु विश्वस्त रहेको दावी गर्नु भयो।