वीरगंज,२५ अषाढ़। वन तथा वातावरण मन्त्री प्रदीप यादवलाई गृहजिल्ला पर्सामा भव्य रूपमा स्वागत गरिएको छ।
जनता समाजवादी पार्टी नेपाल पर्साले वीरगंजमा आयोजना गरेको सम्मान कार्यक्रममा पर्सा क्षेत्र नं १ का सांसद यादव मन्त्री बनेपछी उनलाई ५१ किलोको माला लगाएर सम्मानित गरिएको छ ।
जसपा पर्साका अध्यक्ष रामनरेश यादव तथा वीरगंज महानगरपालिकाका मेयर राजेशमान सिंहले संयुक्त रूपमा ५१ किलोको माला लगाएर सम्मान गरेका थिए।
पर्सामा जसपाबाट निर्वाचित जनप्रतिनिधि हरूलाई सम्मान कार्यक्रममा मन्त्री यादवले प्रमाण पत्र सहित गमछा ओढाएर सम्मानित गरेका थिए।