गौतम स्कुल द्वारा आयोजीत विज्ञान प्रविधी मेलाको मुख्यमन्त्री द्वारा उदघाटन

वीरगंज । गौतम माध्यमीक विधालय श्रीपुर वीरगंजले आज आफनै स्कुल प्रांगणमा विज्ञान प्रविधी मेला आयोजना गरेको छ ।

स्कुलका विधार्थीहरुले निर्माण गरेको विज्ञान प्रविधी प्रोजेक्टहरुको एक कार्यक्रमका बिच प्रदेश नम्बर २ का मुख्यमन्त्री लालबाबु राउत गदीले स्कुलका विधार्थीहरुले बनाएको बुलेट ट्रेनको स्वीच अन गरेर विज्ञान प्रविधी मेलाको उदघाटन गर्नु भयो ।

विज्ञान प्रविधी मेलामा स्कुलमा ६ देखी १० कक्षामा अध्यनरत विधार्थीहरुको ९० जनाको समुहले बनाएको १२० वटा भन्दा बढी प्रोजेक्टहरु प्रदर्शनका लागी ५० वटा स्टलमा राखीएको थियो ।

प्रोजेक्टहरुमा बुलेट ट्रेन,हेलिकप्टर,इलेक्ट्रिक कार,रकेट,एटीएम मेशिन,चकलेट मेशिन लगाएत विज्ञान प्रविधी मेलाको आकर्षणको रुपमा रहेको थियो ।

कार्यक्रममा मुख्यमन्त्री लालबाबु राउत गदी,वीरगंज महानगरपालीकाका मेयर विजय कुमार सरावगी,वीरगंज पब्लीक कलेजका संचालक डा.दिपक शाक्य,नेपाल पत्रकार महासंघ पर्साका अध्यक्ष श्याम बन्जारा लगाएतकाले मन्तव्य राखेका थिए ।

कार्यक्रममा संघिय समाजवादी फोरम नेपालका केन्द्रिय सदस्य विरेन्द्र यादव,स्वास्थ्यकर्मी फोरमका केन्द्रिय अध्यक्ष बालेश्वर यादव,फेरम प्रदेश सचिव महमद सलाउदिन,महानगर अध्यक्ष ईश्वर यादव,स्कुलका प्रधानध्यापक सोनम लामा लगाएतको उपस्थीती रहेको थियो ।

कार्यक्रम संचालन स्कुलका शिक्षक सौराज प्रधानले गरेका थिए ।

 

 

 

 

error: Content is protected !!